सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • स्थानीय विकासमन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट
समाचार

स्थानीय विकासमन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट

काठमाडौं । स्थानीय विकासमन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट भएको । मन्त्री श्रेष्ठको कक्षमै कुटाकुट भएको हो ।

सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै श्रेष्ठमाथि आक्रमण गरेका थिए । त्यसपछि श्रेष्ठले पनि प्रतिकार गरेका थिए । उनीहरुबीच कुटाकुट भएपछि सुरक्षागार्डले रामबाबुलाई समातेर निकालेका थिए ।

विज्ञापन

कुटाकुट हुँदा जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि मन्त्री कक्षमै थिए । उनीहरुबीचको कुटाकुटले केही समय भौतिक मन्त्रालयमा तनाव भएको थियो ।

विज्ञापन

पछिल्लो समय जसपाभित्र विवाद चुलिदै गर्दा मन्त्री र सांसदबीच कुटाकुट भएको हो । मन्त्री श्रेष्ठ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकट हुन् । सांसद रामबाबु यादव जसपा अध्यक्ष उपेन्द्र यादवसँग नजिक छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस