Advertisement area

  • Skip this

Advertisement area

बुधबार, माघ २, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा दुलही लिएर फर्कदै गरेको जन्ती सवार बस दु’र्घटना
समाचार

चितवनमा दुलही लिएर फर्कदै गरेको जन्ती सवार बस दु’र्घटना

चितवन।

चितवनमा जन्ती बस अनियन्त्रित भई दु’र्घ’टना हुँदा १९ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका वडा नं २ सब्जीमन्डीमा बुधबार बेलुकी ४ः५० बजेको समयमा रत्ननगरको हरिहर मन्दिरबाट जन्ती लिई खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नम्वरको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

विज्ञापन

बसमा चालकसहित १९ जना घाइतेमध्ये खैरहनी ५ का ७४ वर्षीय मंगरा महत्तो, खैरहनी १० का २० वर्षीया सकिना चौधरी, ५४ वर्षीया चनु महत्तो, भरतपुर २२ बस्ने २१ वर्षीया बिसिका चौधरी, भरतपुर १० बस्ने १८ वर्षीय प्रनिश चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

यस्तै, रत्ननगर अस्पताल टाँडीमा उपचाररत घाइतेहरुमा बसका चालक खैरहनी-९ का ३१ वर्षीय रमेश शिवाकोटी, खैरहनी ९ का २० वर्षीया संजिला चौधरी, १६ वर्षीया दिपीशा चौधरी, २७ वर्षीया सबनम चौधरी, खैरहनी १० बस्ने ६३ वर्षीय बिसुराम महत्तो, राप्ती ६ बस्ने ४० वर्षीया स्पमिनिया चौधरी, नवलपुर कावसोती १३ बस्ने वर्ष ४३ का सावित्री खरेल, रत्ननगर ४ बस्ने वर्ष ४८ का पवनी महत्तो, खैरहनी ७ बस्ने वर्ष १६ का कशिष चौधरी, खैरहनी १० बस्ने वर्ष २२ का प्रिति चौधरी, खैरहनी ६ बस्ने वर्ष ३२ का सुलोचना चौधरी, खैरहनी १० बस्ने वर्ष १७ का सपना चौधरी, वर्ष ९ का जोन चौधरी र वर्ष १४ का आकृति चौधरी रहेका छन् । चालक शिवाकोटीलाई सामान्य उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस