On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • राजनीति होइन विकास गरौं : महानगर प्रमुख दाहाल
समाचार

राजनीति होइन विकास गरौं : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले राजनीति लाई भन्दा विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।
पाँच दलीय गठबन्धन पक्षधर चितवनका पेशाकर्मी, बुद्धिजीवि र नागरिक अभियानको तर्फबाट सोमबार मेयर रेनु दाहाल र उपप्रमुख (उपमेयर) चित्रसेन अधिकारीलाई बधाई एवं शुभकामना दिन सोमबार भरतपुर महानगरमै आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नव निर्वाचित मेयर दाहालले त्यस्तो बताएकी हुन् ।
उनले बुद्धिजीवि एवं पेशाकर्मीलाई भूमिकाको लागि धन्यवाद दिँदै भनिन्, “यहाँ कसैले राजनीति नगरौं । विकास, समृद्धि र सुशासनका लागि भरतपुरलाई कसरी उदाहरणीय बनाउन सकिन्छ त्यस विषयमा सोचौं ।” आगामी पाँच वर्षे कार्यकाल पुरा नहुँदा सम्म हातेमालो गर्न बुद्धिजीवि एवं पेशाकर्मीमा उनको अनुरोध थियो । दाहालले चुनावी अभियानको क्रममा बुद्धिजीविले खेलेको भूमिका महत्वपूर्ण र परिणाममुखी सावित भएको पनि बताइन् । शुरु भएको दोस्रो कार्यकाल अझै सफल बताउन बुद्धिजीविको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले भनिन् ‘अव कार्यकाल शुरु भएको छ यसलाई पुरा गर्ने वेला सम्म तपाईहरुको सुझाव र सहयोग मेरो निम्ति मार्ग दर्शन हुनेछ ।’

कार्र्यक्रममा बोल्दै महानगर उपप्रमुख चित्रसेन अधिकारीले बुद्धिजीवि पेशाकर्मीहरुले दिएको सुझाव अक्षरस पालना गर्ने प्रतिवद्धता जनाउनु भयो ।
सहभागीहरुले महानगरले शुरु गरेका अधुरा अपूरा कामलाई छिटो भन्दा छिटो सम्पन्न गर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीको लागि महानगरलाई नमूना बनाउनुपर्ने सुझाव दिएका थिए ।

विज्ञापन

कार्यक्रममा गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा –एकीकृत समाजवादी) का जिल्ला नेतृत्वको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसका सभापति राजेश्वर खनालले बुद्धिजीवि पेशाकर्मीहरुको धारणालाई आत्मसात गरि सोही अनुसार काम गरिदिन मेयर उपमेयरलाई अनुरोध गरेका थिए । त्यसै गरि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले विगतमा शुरु गरेका काम सम्पन्न गर्ने र अझै विशिष्टिकृत सेवा क्षेत्रको विकास गर्न आवस्यक रहेको बताएका थिए । कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपानेले बधाई एवं शुभकामना दिएका थिए ।

विज्ञापन

कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयका निवर्तमान उपकूलपति प्राडा ईश्वरी प्रसाद ढकाल, सोही विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा सूर्यकान्त घिमिरे, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा भीमराज अधिकारीले जनताको गुनासालाई सम्बोधन गर्दै काम गर्न अनुरोध गरेका थिए ।
त्यसै गरि डा. बिजयचन्द्र आचार्य, डा अनिलबिक्रम कार्की, डा.शिवजी पौडेल, डा. भोजराज अधिकारीलगायतले स्वास्थ्य क्षेत्रमा महानगरले गर्नु पर्ने कामको बारेमा भूमिकाको बारेमा आफ्ना भनाई राख्दै प्रमुख उपप्रमुख लाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
प्राडा देवीप्रसाद कँडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रका कमलनाथ घिमिरे, अनन्त ढुंगाना, कृष्णप्रसाद न्यौपाने, पूर्ण प्रसाद दवाडी, खगराज कँडेललगायत शिक्षा क्षेत्रका विज्ञहरुबाट शिक्षाका गर्नुपर्ने विकासको बारेमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस