On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • भाषण सुन्न कार्यकर्ता आएनन्, ‘शंखघण्ट बजाउनुस्’ भन्दै आयोजकमाथि खनिए ओली
समाचार

भाषण सुन्न कार्यकर्ता आएनन्, ‘शंखघण्ट बजाउनुस्’ भन्दै आयोजकमाथि खनिए ओली

‘यहाँ गोष्ठी सेमिनार नगर्नुस्, शंखघण्ट बजाउनुस् । मज्जाले हुईहुई शंखघण्ट बजाएपछि हुन्छ ।’ यो वाक्य हो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको । आफ्नो भाषण सुन्न कार्यकर्ता कम आएकाले आयोजकलाई ओलीले भनेको वाक्य ।

स्थानीय निर्वाचन अगाडी ठूला ठूला जनसभा गरेका ओलीले निर्वाचन सम्पन्न भएको केही समयपछि आयोजना गरिएको एउटा कार्यक्रममा आफ्नो भाषण सुन्न थोरै सहभागी भएपछि आयोजकलाई हकारे । विश्व वातावरण दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा अनेमसंघले कार्यक्रम आयोजना गरेको थियो ।

विज्ञापन

जेठ २२ गते आइतबारको उक्त कार्यक्रममा प्रमुख अतिथि र वक्ताका रूपमा बोलाइएका थिए एमाले अध्यक्ष ओली ।दिउँसो साढे १ बजेका लागि तय गरिएको कार्यक्रम झण्डै दुई घण्टा ढिला गरी सुरु हुँदापनि कार्यकर्ता आएनन् । अनि ओलीले आयोजकमाथि भडाँस पोखे- ‘गोष्ठी सेमिनार नगर्नुस्, शंखघण्ट बजाउनुस् । मज्जाले हुईहुई शंखघण्ट बजाएपछि हुन्छ ।’

विज्ञापन

सुन्ने कार्यकर्ता नभएपनि ओलीले एक घण्टा भाषण ठोके ।भाषणका क्रममा ओलीले मानव, जीवजन्तुदेखि अन्य प्राणीसमेतको व्याख्या गरेका थिए । एक घण्टा लामो सम्बोधन गरेका ओलीले आफ्नो भाषणको अन्तिममा वातावरणजस्तो महत्त्वपूर्ण विषयमा भएको गोष्ठीमा न्यून सहभागिता देखेर गुनासो मात्रै गरेनन्, आयोजकमाथि प्रश्न उठाए ।

कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई व्यंग्यात्मक धन्यवाद दिए, तर सुन्ने मान्छे अत्यन्त कम उपस्थित पछि उनलाई मजा आएन । उनले भने, ‘आमन्त्रण गर्न कन्जुस्याइँ हो कि आफ्ना कुरा सुनाउन कन्जुस्याइँ हो ? या मान्छेहरूमा रुचि हराएको हो ? अथवा तपाईंहरूको सक्रियतामा कमी भएको हो ? त्यो मैले बुझिनँ । ओली त्यतिमा मात्रै रोकिएनन्, उनले भने, ‘यस्तो महत्त्वपूर्ण विषयमा गोष्ठी आयोजना गर्दा नेपालमा महिलाहरू पनि यतिमात्रै हुने र वातावरणसँग रुचि हुने मान्छे पनि यतिमात्रै हुने, कुर्सी खाली भएको देख्दा अचम्म लाग्यो ।’

ओलीले कार्यक्रमको महत्व धेरै भएको बताए । उनले भने, ‘यति महत्त्वपूर्ण विषयमा तपाईंहरू सेमिनार गर्दै हुनुहुन्छ । मानिलिऊँ अरूको फोक्सो छैन, सासै फेर्नु पर्दैनजस्तो !’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आधा फोक्सो आफ्नो छातीभित्र र आधा रुखमा हुने कुरा नबिर्सन पनि आग्रह गरे ।

‘हामीले थाहा पाउनुपर्छ, हाम्रो फोक्सो आधा छातीभित्र छ, आधा रुखमा छ । फोक्सो भएन भने रुख चल्दैन, रुख भएन भने फोक्सो चल्दैन, त्यस्तो छ ।’ उनले फोक्सो र रुखको सम्बन्ध बुझ्ने मान्छे पनि थोरै भएकाले अचम्म लागेको बताए । ‘त्यसकारण यो फोक्सो र रुखको सम्बन्ध बुझ्ने मान्छे पनि यतिमात्रै हुँदा त अचम्म लाग्यो ।’

‘तपाईंहरूको आमन्त्रण गर्न कन्जुस्याइँ हो कि आफ्ना कुरा सुनाउन कन्जुस्याइँ हो कि ? मान्छेहरूका रुचि हराएको हो कि तपाईंहरूको सक्रियतामा कमी भएको हो त्यो मैले बुझिनँ तर यति सानो हलमा त मान्छे नअट्नुपर्ने हो । किन थोरै मान्छे हुनुभयो, त्यो मैले बुझिनँ’, ओलीले भने ।

वातावरण जस्तो महत्त्वपूर्ण विषयमा खबर पाएर पनि कोही आएन भनेचाहिँ त्यस्ता व्यक्तिहरूलाई ‘कठैबरा’ भन्नुपर्ने उनले बताए । आमन्त्रण गरेका व्यक्तिहरूले पनि बेवास्ता गरेको हो कि भन्ने आशङ्का व्यक्त गर्दै उनले भने, ‘मलाई पनि बोलाउनुभयो, बोलाएपछि दौडेरै आएँ । तपाईंहरूलाई, सबै साथीहरूलाई धन्यवाद !’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस