आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओली खुराफाती गर्न बहादुर मान्छे हो, माधव नेपाल त उत्कृष्ट व्यक्ति हो : मेटमणि चौधरी
समाचार

केपी ओली खुराफाती गर्न बहादुर मान्छे हो, माधव नेपाल त उत्कृष्ट व्यक्ति हो : मेटमणि चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाली फेरि प्रधानमन्त्री बन्ने सम्भावना आफूले देखेको बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी संघीय संसद्को निर्वाचनलगत्तै मुलुकको राजनीतिक समिकरणमा फेरबदल आउने र माधव नेपाल प्रधानमन्त्री बन्नसक्ने अवस्था आउने बताए ।

विज्ञापन

हिजो नेपाली कांग्रेसले २३ सिट जित्दा शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री होला र ? भनेर कसैले पनि कल्पना नगरेको तर अहिले मुलुकको नेतृत्व देउवाले गरिरहेको उनले स्मरण गराए । उनले राष्टियता, कम्युनिष्ट आन्दोलन र नैतिकतालाई शीरमा राखेर हेर्ने हो भने माधव नेपाल केपी ओलीभन्दा धेरै ठीक नेता रहेको टिप्पणी गरे ।

विज्ञापन

उनले माधव नेपाल उत्कृष्ट नेता भएको दाबी गरे । उनले आफ्नो पार्टीको एमालेसँग कुनै एकता र सहकार्य नहुने पनि जिकिर गरे । उनले एमाले छोडेर आफ्नो पार्टीमा आउनेहरुको लर्को लाग्ने बताए । उनले एमाले अध्यक्ष ओली झुटो बोल्न, खुराफाती र बद्मासी गर्न बहादुरी मान्छे रहेको सुनाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस