शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • समाचार
  • नेपालले आजबाट भारतलाई १७७ मेगावाट विद्युत बेच्दै, कुलमानको भयो चौतर्फी प्रशंसा
समाचार

नेपालले आजबाट भारतलाई १७७ मेगावाट विद्युत बेच्दै, कुलमानको भयो चौतर्फी प्रशंसा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युतहबाट उत्पादित विद्युतगृहबाट आज मध्यराति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ। कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ ।

विज्ञापन

 

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस