काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू आफ्ना कुरामा प्रष्ट रहेको बताएका छन्। पार्टीको अनुशासन आयोगले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको आरोपमा कारबाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो।
तर, भुसालले आफूलाई कारबाहीको सिफारिसबारे कुनै जानकारी नभएको र आफू आफ्नो कुरामा प्रस्ट रहेको बताए । ‘म आफ्नो कुरामा प्रस्ट छु,’ उनले भने। भुसालले आफ्नो चिन्ता वाम आन्दोलन र एमाले बिग्रियो भन्ने रहेको बताए।
विज्ञापन
‘मेरो चिन्ता एमाले बिग्रियो भन्ने हो। मेरो पोजिसन, मेरो अध्यक्षको पोजिसन यो सबै वाम आन्दोलनभित्र, नेकपा एमालेको जीवनभित्र छ,’ भुसालको भनाइ छ। उनले व्यक्तिहरूको जीवन पार्टीभित्र खोज्नुपर्ने भन्दै वाम आन्दोलन र नेकपा एमालेको नीति सिद्धान्तभित्र त्यो जीवन आफूले खोजिरहेको बताए। ‘मेरा स्वार्थ, मेरा हित र मेरो अहंकारभित्र मैले मेरो समूह, समाज र आन्दोलन खोज्ने होइन। म आफ्नो कुरामा धेरै प्रस्ट छु,’ भुसालको भनाइ छ।
विज्ञापन
भुसालले आयोगको अध्यक्षले नै कारबाहीबारे भनिसकेपछि केही भइरहेको छ भन्ने बुझ्न सकिने बताए। ‘तर के भएको हो भन्ने कुरा मैले राम्ररी थाहा पाएको छैन,’ भुसालले भने। –रातोपाटीबाट
फेसबुक प्रतिक्रियाहरु