On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेयर बालेन शाहको घोषणा- ‘काठमाडौंका ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्छौ’
समाचार

मेयर बालेन शाहको घोषणा- ‘काठमाडौंका ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्छौ’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन्।

ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवाः सभ्यता र संस्कारअनुरूप मनाइने सिथि नखः पर्वको अवसरमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले निष्क्रिय अवस्थामा रहेका ढुंगेधारा ब्युताउन बजेट बिनियोजन गरिने उल्लेख गरेका हुन्।

विज्ञापन

‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व लिनुपर्छ भन्ने हाम्रो मान्यता छ,’ उनले अगाडि भनेका छन्, ‘यसैका लागि हामीले आगामी बजेटमा काठमाडौंमा रहेका सम्पूर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्। पानीको मुहान सुकेको अवस्था छ, तिनलाई ब्युताउन सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौं।’

विज्ञापन

उनले काठमाडौं जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि भएको भन्दै यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्व रहेको औल्याए।

उनले काठमाडौंमा सिमेन्ट संरचना निर्माण बढिरहेकाले पानीका मुहान सुक्दै गरेको स्मरण गरे।

‘काठमाडौंमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ। सहर घरै–घरले भरिँदै गएका छन्। खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन्। वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ,’ मेयर शाहले अगाडि भनेका छन्, ‘यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ। यस्तो अव्यवस्थाका कारणले काठमाडौं अनि काठमाडौंवासीलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ।’

हेर्नुहोस् मेयर शाहले गरेको सिथि नखःबारेको चर्चा

काठमाडौं जसरी मन्दिरहरूको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौं पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो। यी सामाजिक सम्पदाहरूको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठूलो महत्त्व छ।
हरेक वर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवा: सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ।
सिथि नखः पर्वको दिन धार्मिकरुपमा भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौंको जैसी देवलमा कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइन्छ। नेवा: समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ।

तर सिथि नखः को धार्मिक महत्वमात्रै छैन। सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन्। पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथि नखः मनाइने संस्कृति छ।

काठमाडौंमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ। सहर घरै–घरले भरिँदै गएका छन्। खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन्। वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ। यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ। यस्तो अव्यवस्थाका कारणले काठमाडौं अनि काठमाडौंवासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ।

सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ। यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ। ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ। यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ। सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न। मुहान नचलाएपछि पानी स्थिर हुन्छ। यसरी पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ।

वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ। हाम्रा पुराना धेरै संस्कारहरू आफैंमा वैज्ञानिक र परिवर्तनकारी पनि छन् भन्ने सन्देश पनि दिन्छन्।

हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरू तथा आफ्ना रैथाने ज्ञानलाई (Indigenous knowledge) राज्यले नै अपनत्व लिनु पर्छ भन्ने हाम्रो मान्यता छ। यसैका लागि हामीले आगामी बजेटमा काठमाडौंमा रहेका सम्पूर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युताउनको लागि सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौं।

सिथी नख: पर्व तथा आज नै परेको विश्व वातावरण दिवसको शुभकामना।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस