On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • यस्तो बन्यो गुल्मीको रेसुङ्गा विमानस्थल
समाचार

यस्तो बन्यो गुल्मीको रेसुङ्गा विमानस्थल

गुल्मी । रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ ।

हाल विमास्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ ।

विज्ञापन

 

विज्ञापन

२०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थलमा सिभिल निर्माणको काम सकिएको रेसुङ्गा विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियाले बताए ।

२०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब विमानस्थल सञ्चालनमा आउला भन्ने आशा थियो । तर पटक-पटकको प्रतिवद्धता हुँदा पनि नियमित उडान भने हुन सकेको छैन ।

विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आए यहाँका नागरिकहरू स्तरीय स्वास्थ्य सेवा लिन दुःख पाउनु नपर्नेस्थानीय मणि पाण्डेले बताए ।

गुल्मी जिल्ला धार्मिक तथा पर्यटकीय क्षेत्रहरू धेरै रहेकाले विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आए आन्तरिक तथा बाहृय पर्यटकहरू भित्रिने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।

उनले निर्माण कम्पनीले समयमै काम नसक्नुले विमानस्थल बन्दैन भन्ने आशंका स्थानीयमा उब्जाएको बताए । तर अब निर्माणको काम सम्पन्न भए पनि प्राविधिक कामहरू पूरा गरेर सञ्चालनमा ल्याउनुपर्नेमा पौडेलले जोड छ ।

जिल्लामा स्वास्थ्य सेवाको पहुँच नहुदाँ गुल्मीमा विमानस्थल महत्वपूर्ण रहेको स्थानीय सीता बिकले बताइन् । उनले छिटो संचालनमा ल्याउन सकेमा स्वास्थ्य सेवा लिन सहज हुने बतायन् ।

रेसुङ्गा विमान स्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलमा हालसम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको रेसुङ्गा विमानस्थल गुल्मीका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।

 

२०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भए पनि विमानस्थलको निर्माणको काम २०७२ सालपछि मात्र सुरु भएको परियारले बताए ।

कोरोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधीग्रहण गरिएको छ ।

सम्बन्धित निकायबीच सहकार्य गरेर छिटोभन्दा छिटो उडान गर्ने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए । निर्माण व्यवसायिका कारण निर्माण कार्यमा ढिला भए पनि उडान गर्ने कार्यमा ढिलाइ गर्न नहुने बताए ।

यस वर्षको वैशाखमा नियमित उडान गर्ने भनिएता पनि निर्माण कम्पनीको ढिलाइका कारण उडान हुन सकेको छैन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस