On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रको यी नेतालाई महासचिव बनाउने प्रचण्डको तयारी
समाचार

माओवादी केन्द्रको यी नेतालाई महासचिव बनाउने प्रचण्डको तयारी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको पदाधिकारी चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । माओवादी केन्द्रको असार १५ मा बस्ने केन्द्रीय समितिको बैठकले पदाधिकारी चयनको निर्णय गर्ने सम्भावना बढी रहेको स्रोतले जनायो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारी चयनका लागि निकट नेताहरुसंग छलफल समेत गरिसकेका छन् । उनले पार्टीका सिनियर र युवा नेताहरुसंग छलफल गरेका हुन् ।

माओवादीले यसअघि चुनाव नजिक आएको भन्दै समय लाग्ने भएकाले पदाधिकारी चयन हुन नसकेको बताएपनि खासमा महासचिवका आकांक्षीहरु धेरै भएपछी अध्यक्ष दाहाललाई अफ्ठेरो परेर पदाधिकारी चयन स्थगित गरिएको थियो । महासचिवका लागि नेताहरु वर्षमान पुन,शक्तिबहादुर बस्नेत,जनार्दन शर्मा,पम्फा भुसाल र देव गुरुङ आकांक्षी थिए ।

विज्ञापन

माओवादी केन्द्रमा पदाधिकारी मात्र होईन पार्टीको स्थायी कमिटी र पोलिटब्युरो समेत गठन भएको छैन । तर, असारमा बस्ने केन्द्रिय समितिको बैठकले भने पदाधिकारीसहित पार्टीका अरु संरचना टुंगो लगाउने सम्भावना छ । माओवादी अध्यक्ष दाहालले पार्टी महासचिवमा नेता वर्षमान पुनलाई अघि बढन संकेत दिएको स्रोतको दावी छ । उनले पुनलाई कार्यकर्ताको विचमा गएर भिज्न भनेका छन् । त्यस्तै नेता कृष्णबहादुर महरासंग सम्बन्ध सुमधुर बनाउन पनि उनले सुझाएको स्रोत बताउंछ ।

विज्ञापन

‘अध्यक्षले महासचिवमा नेता पुनलाई नै संकेत गरिसक्नुभएको छ । त्यसैअनुसार उहांले अहिले मुभ गरिरहनुभएको छ ।’ नेता पुन निकट स्रोतले काठमाण्डौंपाटीसंग भन्यो । पुनले पछिल्लो समय नेता शर्मासंग समेत सम्बन्ध सुधार गरेका छन् । उनको नेता शक्ति बस्नेतसंग सुमधुर सम्बन्ध नै छ ।

नेकपा गठनसंगै शर्मासंग पुनको दुरी बढसंगै बस्नेत र पुन एउटै टिम बनाएर काम गरिरहेका छन् । पुनले आफु महासचिव नहुने हो भने बस्नेतलाई आफुले मान्ने तर शर्मालाई स्विकार नगर्ने यसअघि चीनमा उपचार गर्दा नै बताएका थिए ।

महासचिवका लागि अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्मा भने चुनाव लड्न तयार रहेको तर पुनलाई महासचिव मान्न तयार नभएको बताउंदै आएका छन् । माओवादीमा विचको विकल्पका रुपमा नेता बस्नेतलाई समेत अघि सारिएको थियो । तर, उनको समेत सम्भावना कम भएको बताइन्छ । माओवादीमा अध्यक्ष दाहालको सहयोग विना निर्वाचनमा जांदा महासचिव जित्ने सम्भावना कम भएकाले प्रतिस्पर्धी नेताहरुले उनको प्रस्तावमा विरोध गर्ने सम्भावना कम छ ।

माओवादी केन्द्रको पुस १८ मा काठमाण्डौंमा सम्पन्न भएको ८ औ महाधिवेशनले २४६ जनाको अपूर्ण केन्द्रीय कमिटी चयन गरेको थियो । माओवादीको केन्द्रीय समितिको बैठकले अध्यक्षमा पुष्पकमल दाहाललाई चयन गरेपनि अरु पदाधिकारी भने चयन गर्न सकेको थिएन ।

माओवादीमा पदाधिकारी मात्र होईन केन्द्रीय कमिटीको मनोनित हुन् बांकी ९७ सिटमा गरिएको नियुक्ति समेत विवादमा छ । माओवादी अध्यक्ष दाहालले प्रस्ताव गरेको ९७ जनाको नाममध्ये बैठकले ५० जनाको मात्र नाम अनुमोदन गरेको थियो ।

माओवादीले आठौँ महाधिवेशनबाट संशोधन गरेको विधान अनुसार पार्टीमा १५ पदाधिकारी र २९९ केन्द्रीय सदस्य रहने व्यवस्था छ । माओवादी पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठसहित ७ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

माओवादीमा पदाधिकारी चयनका लागि दुई पटक केन्द्रीय कमिटीको बैठक बसेपनि आकांक्षीहरु धेरै हुंदा सहमति जुट्न सकेको थिएन । २० फागुनमा बसेको केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्न नसकेपछी स्थानीय तहको निर्वाचनपछी पदाधिकारी चयन गर्ने निर्णय माओवादीले गरेको थियो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस