आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • लेखराज नहुँदा सुदूरपश्चिममा माओवादी बलियो बन्यो : खगराज भट्ट
समाचार

लेखराज नहुँदा सुदूरपश्चिममा माओवादी बलियो बन्यो : खगराज भट्ट

काठमाडौं। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले पुरानो नेतृत्वले पार्टी परित्याग गरेपछि सुदूरपश्चिम प्रदेशमा माओवादी बलियो भएको दाबी गरेका छन्। नेकपा माओवादी केन्द्र र एमालेको तत्कालिन एकताअघि सुदूरपश्चिम प्रदेशको नेतृत्वमा लेखराज भट्ट थिए।

माओवादी र एमालेबीचको तत्कालिन एकतापछि बनेको नेकपा सर्वोच्च अदालतको फैसलासँगै खारेज भएपछि भट्ट एमालेतिर लागे। त्यसपछि माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खगराज भट्टले पाएका थिए। लेखराज भट्ट एमालेतिर लागेपछि सुदूरपश्चिममा माओवादी बलियो बन्दै गएको उनको भनाई छ।

विज्ञापन

‘तपाईंले देख्नु भएको छ। हामीले हिजो भन्दा अहिले धेरै पालिका जितेका छौं। हिजो १० पालिका जितेका थियौं भने अहिले १४ पालिका जितियो। उपप्रमुख पनि धेरै जितेका छौं। अरू वडा अध्यक्ष र सदस्य सबैलाई जोड्ने हो भने हिजोको भन्दा दोब्बर जितेका छौं,’ खगराज भट्टले भनेका छन्, ‘तुलना नै गर्नुहुन्छ भने लेखराज जीको कार्यकाल भन्दा हरेक क्षेत्रमा उत्कृष्ट अवस्थामा छौं।’

विज्ञापन

पार्टीलाई बलियो बनाउन आफू निरन्तर लागिपरेको उनले बताए। विधिसम्मत ढंगले पार्टीलाई सञ्चालन गरे नागरिकको मन जित्न सकिने उनको भनाई छ। रातोपाटीलाई दिएको अन्तर्वार्तामा भट्टले भनेका छन्, ‘हामीले अहिले नतिजा जुन गुणात्मक बनाउन खोजेका थियौं, त्यसमा निर्वाचनसम्बन्धी रणनीति, कार्यनीति र योजना बनाउन काँचा रहेछौं। दोस्रो, हामीले हिजो जितेका पालिकालाई अधिक विश्वास गर्‍यौं। सत्तामा गएपछि जनसम्बन्ध कस्तो रह्यो भनेर आकलन गर्न सकेनौं। यसले गर्दा पनि क्षति पुगेको छ।’

सुदूरपश्चिममा माओवादी केन्द्रले अपेक्षित नतिजा हासिल गर्न नसके पनि हासिल गरेको परिणामले उत्साहित बनाएको उनले बताए। भट्टले सुदूरपश्चिममा २० देखि २५ स्थानीय तह जित्छौं भन्ने अपेक्षा रहेको सुनाए। मनोगत फिल्ड रिपोर्टिङको कारणले पनि माओवादी केन्द्रले अपेक्षित जित निकाल्न नसकेको उनको भनाई छ। ‘केही हाम्रा साथीहरूका गलत फिल्ड रिपोर्टिङले हामी जितिहाल्छौं भन्ने भएपछि हामीलाई मनोगत बनायो। हामीले निर्वाचनको जसरी तयारी गर्न पाउनु पर्थ्यो, त्यसरी पार्टी कमिटीलाई व्यवस्थित गर्न नपाउँदै चुनावको सामना गर्नुपर्‍यो। त्यसो हुँदा ८/१० पालिका काँग्रेस-एमाले गठबन्धन भइदिएर हारेका छौं,’ भट्टले भनेका छन्।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस