On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • किसानलाई खेतबारीमै गएर ऋण दिन्छौँ, बजेटले सेयर बजारलाई पर्याप्त सम्बोधन गरेको छ : अर्थमन्त्री
समाचार

किसानलाई खेतबारीमै गएर ऋण दिन्छौँ, बजेटले सेयर बजारलाई पर्याप्त सम्बोधन गरेको छ : अर्थमन्त्री

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई लिएर उत्साह र चासो देखिएको बताएका छन् । तर, अहिलेको उत्साह र चासोले मात्रै नपुग्ने उनको भनाइ छ । नेपाल आर्थिक संघ र बैक तथा वित्तीय संस्था परिसंघले बुधबार संयुक्त रूपमा आयोजना गरेको पोस्ट बजेट छलफलमा अर्थमन्त्री शर्माले अब बजेटलाई परिणामा लैजानुपर्ने बताए ।

बजेटले धितोपत्र बजारलाई पनि सम्बोधन गरेको उनको दाबी छ । धितोपत्रको दोस्रो बजार विस्तारलाई बजेटले पर्याप्त सम्बोधन गरेको तर आलोचना गर्नेको ध्यान नपुगेको उनको भनाइ छ ।

विज्ञापन

उनले किसानलाई खेतबारीमै गएर ऋण दिनका लागि ५० अर्बको कोष स्थापना गर्न लागिएको बताए । अहिले बैंकहरूले कृषि कर्जा दिएपनि त्यो पर्याप्त नभएको उनले बताए ।

विज्ञापन

 

 

“कृषिमा ऋण दिएको छ, तर आवश्यकताको आधारमा भएन । तुरुन्त र विना धितो दिनुपर्‍यो,” उनले भने, “कृषि आत्मनिर्भर बनाउने क्षेत्र हो, अहिले महँगोमा लघुवित्तले लगानी गरेको होला । अब बैंकहरूले बेस रेटमा उक्त कोषमा लगानी गर्ने र २ प्रतिशत वित्तीय मध्यस्थता शुल्क लिएर लघुवित्तले काम गर्ने भनेको हो । त्यति शुल्कमा काम नगर्ने लघुवित्तले सुविधा पाउँदैन ।”

उनले आफूले ‘एक पालिका एक लघुवित्त’को प्रस्ताव गरेको भएपनि नियमन गर्ने निकायले संरचनाले नधान्ने बताएपछि पछाडि हटेको बताए । अब हरेक पालिकामा एउटा लघुवित्तको शाखा हुने र किसानको घरदैलोमा गएर सेवा दिने उनको दाबी छ । उक्त लघुवित्तले किसानको खेतमा गएर आवश्यकताअनुसार सुविधा दिने उनले बताए ।

उनले बजेटमा सबैले अपनत्व लिएको भन्दै कार्यान्वयन हुने ठोकुवा गरे । “कार्यान्वनको सन्दर्भमा प्रश्न उठेको छ । तपाईंहरूले खबरदारी गर्नुभयो भने कार्यान्वयन हुन्छ,” उनले भने, “यो बजेट मैले लेखेको हैन । तर, मैले नै लेखेको हो, मैले सकेको नसकेको सबैलाई भेटी, उद्योगी, विज्ञ, युवाहरूले भनेको कुरा मेरो क्षमताले भ्याएसम्म सम्बोधन गरेको हो ।”

सबैको सुझाव समेटेर बनाएको बजेटको स्वामित्व सबैले लिनुपर्ने भन्दै उनले आफूले बजेट प्रस्तुत मात्रै गरेको बताए ।

“बजेट शत् प्रतिशत राम्रो छ भन्ने पनि हैन । तर, यहाँहरूले दिनुभएको सुझाव मेरो क्षमताले भ्याएसम्म सम्बोधन भएको छ,” उनले भने, “आमजनताको स्वामित्व भएकाले कार्यान्वयन हुन्छ भन्ने विश्वास छ । कार्यान्वयन नभए खबरदारी गर्नुहुने छ। स्वामित्व लिनुभएको छ, कार्यान्वयन यहाँहरूले गर्नुहुन्छ ।”

उनले मन नपर्दा गर्ने मिठो आलोचनालाई आत्मसाथ गर्दै आफूले काम गरेको बताए । “हिजो बजेटमा भनियो तर कार्यान्वयन भएन । किन कार्यान्वयन भएन भन्दा त्यसको संरचना तयार भएन,” उनले भने, “तर अहिले संरचना, विधि र कार्यक्रमसहित छ । त्यसैले लागू हुन्छ ।”

उनले आन्तरिक उत्पादनले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए । नसके आन्तरिक उत्पादन बजारमूल्य भन्दा दुई रुपैयाँ कममा बिक्री गरे सरकारले दुई रुपैयाँ थपिदिने व्यवस्था बजेटले गरेको बताए ।

“उत्पादन राज्यले किन्छ । यति गर्दा पनि उत्पादन भएन भने त के गर्ने,” उनले भने, “किसानलाई सम्मान र कृषि पेसामा लाग्नेलाई प्रोत्साहन गर्ने नीति हो, जसले कृषिमा आकर्षित हुन्छ ।”

उनले कृषिमा यान्त्रिकरण र व्यवसायीकरण गर्दा उद्योगका आधार तयार गर्ने र उद्योग तथा सेवा क्षेत्रको विस्तार हुने बताए ।

“विद्युतमा छुट सिमेन्टलाई लक्षित हो, सिमेन्ट उद्योगले राम्रो क्लिकंल उत्पादन गरेर प्रतिस्पर्धामा निर्यात गर्न सकोस् भन्ने हो,” उनले भने, “८ प्रतिशत अनुदान दिँदा विदेशी मुद्रा ल्याउँछ भने किन नदिने ? के हाम्रो काम सुपारी ल्याउने र सप्लाई गर्ने मात्रै हो । अब सुपारी आयात गर्ने दिन सकियो ।”

उनले बजेटले लिएको निर्यात दोब्बर बनाउने लक्ष्य असम्भव र अविश्वासिलो भएपनि आफूले त्यो सम्भव देखेको बताए ।

आगामी बजेटको प्राथमिकता अनुसन्धान भएको भन्दै उनले नेपाल राष्ट्र बैंकले अनुसन्धानमा काम गर्न नसकेको आरोपसमेत लगाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस