काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार दीर्घकालिन नीति तथा योजना ल्याउन जाँगर नदेखाएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै विष्टले वर्तमान गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालिन महत्वको आयोजना समेट्न जाँगर नदेखाएको बताए । उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘चौबाटोमा बसेको बटुवा र कुहिरोका काग’ को संज्ञा दिए ।
विज्ञापन
देशको अर्थतन्त्रले सामाना गरिरहेको संकटको सामना गर्नेगरी नीति तथा कार्यक्रम नआएको उनको भनाइ छ । सरकारले युवाहरूलाई देशमै स्वरोजगार बनाउने र यही राख्नेगरी योजना नल्याएको पनि बताए । देशका प्रतिभाशाली युवाहरू विकसित देशतर्फ र मध्यमस्तरका युवाहरू अरबी देशहरुमा गइरहेको उनको भनाइ छ ।
विज्ञापन
जसले गर्दा नेपाली श्रम प्रयोग गरेर अरबका मरुभूमीहरू विकसित भूमिमा परिवर्तन भइरहेका तर, ती युवालाई स्वदेशी आकर्षित गरेर देश विकास गर्ने योजनामा सरकार गम्भिर नबनेको उनको आरोप छ ।
स्थानीय तह निर्वाचनमा सत्ता पक्षबाट शक्तिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्ने काम भएको पनि उनले आरोप लगाए । विष्टले निर्वाचनमा खर्च अधिक हुने गरेको भन्दै अब क्रमशः प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने बेला आएको बताए ।
फेसबुक प्रतिक्रियाहरु