On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अब गठबन्धनको ओरालो यात्रा सुरु हुन्छ : विष्णु पौडेल
समाचार

अब गठबन्धनको ओरालो यात्रा सुरु हुन्छ : विष्णु पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकका विद्यमान समस्या समाधान गर्न नसक्ने दावी गरेका छन् । न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए ।

 

विज्ञापन

नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको भन्दै समाधान दिन नसकेको उपाध्यक्ष पौडेलको भनाइ छ । पौडेलले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएकाले बालुवा चुसेजस्तो निरस भएको टिप्पणी गरे । ‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै सबैभन्दा नालायक, सारहिन, गन्तव्य, दिशाहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरस छ’, पौडेलले नीति तथा कार्यक्रममा दृष्टिकोण र गन्तव्य नभएको भन्दै यसले मुलुकका आजका समस्या नचिनेको र समाधान दिने दृष्टिकोण नभएकाले समयको अपव्यय मात्रै भएको बताए ।

विज्ञापन

उपाध्यक्ष पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरूका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको आरोप पनि लगाए । आर्थिक संकटको बारेमा सरकार मौन रहेको तथा विगत सकारले गरेका राम्रा कामहरूलाई निरन्तरता नदिएर पूर्वाग्रह राखेको पौडेलको भनाइ छ ।

‘आजका आर्थिक संकटको कारणबारे यो सरकार पस्नै चाहँदैन । किनभने यो सरकारले अवलम्वन गरेका नीति र निर्णयहरूका कारण मुलुक आर्थिक रुपमा भयानक संकटको सम्मुखमा आइपुगेको छ’, पौडेलले भने, ‘तर त्यसप्रति यसले चुप्पी साँधेको छ । मौनता गर्देको छ ।’ उनले हिजोका राम्रा कामहरूलाई निरन्तरता दिन नचाहेको बताए ।

नीति तथा कार्यक्रमले विगतमा अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको पौडेलको भनाई छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडि बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको पौडेलको आरोप छ ।

उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने पनि बताए । आगामी निर्वाचनमा गठबन्धनको पटाक्षेप हुने अबको निर्वाचन पछि एमालेको नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने पौडेलको दावी छ ।

‘यो गठबन्धनको पटाक्षेप आउने निर्वाचनमा हुनेवाला छ । गठबन्धनले जे गर्न सक्ने हो, त्यो गरिसक्यो । अब यसको ओरालो यात्रा सुरु हुन्छ । र आउने निर्वाचनमा गठबन्धनको पटाक्षेप हुन्छ’, पौडेलले भने, ‘आउने निर्वाचनमा नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरा कसैले रोक्न सक्दैन ।’

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस