शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रचलन
  • यस्तो हुन्छ सपनामा ‘मन्दिर गएको’ देख्नुको खास अर्थ
प्रचलन

यस्तो हुन्छ सपनामा ‘मन्दिर गएको’ देख्नुको खास अर्थ

संस्कृति,

वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामी सामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ । हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ ।

विज्ञापन

मन्दिरको सपनालाई सही तरिकाले अथ्र्याउनको लागि, तपाईँको जीवनमा के–कस्ता घटनाहरू घटिरहेका छन् भनेर ध्यान दिनु जरुरी हुन्छ । तपाईँले कस्तो किसिमको मनोवैज्ञानिक अनुभवहरू भोगिराख्नुभएको छ अनि ‘मन्दिरको सपना’को प्रकृति कस्तो छ भनेर पनि बुझ्नुपर्दछ । तब मात्र सहित अर्थ लगाउन सकिन्छ ।

विज्ञापन

भाकल

कहिलेकाहिँ, मन्दिरको सपनालाई अलौकिक शक्ति र ‘भगवान’ले मानिससँग अन्तरक्रिया गर्न खोजिरहेका छन् भन्ने बुझ्न सकिन्छ । सपनामा मन्दिर देख्दा भगवानले दिएको आशिर्वादको बदलामा ‘धन्यवाद’ दिन बाँकी छ भनेर पनि बुझ्न सकिन्छ ।

त्यसैले, आफ्ना अतीतलाई याद गर्नुहोस्। कतै तपाईँले मन्दिरमा गएर केहि कुराको ‘भाकल’ पो गर्नुभएको थियो कि? यदि त्यस्तो बाँकी छ भने, कुनै बिलम्ब नगरी भाकल गरेको मन्दिर जानुहोस् अनि ऋण चुक्ता गर्नुहोस्।

दिव्य आश्वासन

कहिलेकाहिँ, मन्दिरको सपना देख्दा तपाईँलाई कसैले संरक्षण गरिरहेको छ, अथवा कसैले तपाईँलाई आश्वासन दिइरहेको छ भनेर पनि बुझ्न सकिन्छ । मनोवैज्ञानिक हिसाबले हेर्नुपर्दा, जब तपाईँ दुविधामा पर्नुहुन्छ अनि कसैको सहाराको आश गर्नुहुन्छ भने सपनामा मन्दिर देख्नुहुन्छ ।

यसको मतलब तपाईँलाई कसैले सुरक्षा दिएर राखिरहेको छ भन्न सकिन्छ र तपाईँले आफ्ना सबै पीर-चिन्तालाई भुलेर जीवनमा अगाडि बढ्न सक्नुहुन्छ । यदि तपाईँ धार्मिक हुनुहुन्छ अनि भगवानप्रति विश्वास गर्नुहुन्छ भने नजिकैको मन्दिरमा गएर भगवानको दर्शन गर्न पनि सक्नुहुन्छ, ताकी तपाईँको विश्वास अझ बलियो होस्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस