सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा पहिलो वडाध्यक्ष जित्यो एकीकृत समाजवादीले, मेयरमा रेनुलाई थप अग्रता
समाचार

भरतपुरमा पहिलो वडाध्यक्ष जित्यो एकीकृत समाजवादीले, मेयरमा रेनुलाई थप अग्रता

चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ७ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्र मणि काफ्ले विजयी भएका छन्।

२०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट निर्वाचित काफ्लेले नेकपा एमालेका सनतकुमार लामिछानेलाई हराएका हुन्।

विज्ञापन

लामिछानेले १६३५ मत पाउँदा काफ्लेले १८०८ मत पाएर विजयी भए।

विज्ञापन

वडा नम्बर ७ को नजिता आएसँगै गठबन्धनकी संयुक्त उम्मेदवार रेनु दाहालले मेयरमा २५२८ मतले अग्रता लिइन्।

दाहालले १२७६९ मत पाउँदा एमालेका विजय सुवेदीले १०२४१ मत पाएका छन्।

 

यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रशेन अधिकारीले १५ हजार २६ मत पाएर अग्रता लिएका छन्।

उनलाई राप्रा र एमालेका संयुक्त उम्मेदवार हिमला गुरूङले ८३११ मत पाएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस