On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • महासचिवको गृहजिल्लामा एमालेको लज्जास्पद प्रदर्शन, ९ पालिकामध्ये एकमा मात्रै अघि
समाचार

महासचिवको गृहजिल्लामा एमालेको लज्जास्पद प्रदर्शन, ९ पालिकामध्ये एकमा मात्रै अघि

एमाले महासचिव शंकर पोख्रेलको गृहजिल्ला दाङमा एमालेले कमजोर उपस्थिति देखाइरहेको छ ।

मतगणनाको शुरुआती चरणमा एमाले सत्ता गठबन्धन (माओवादी/कांग्रेस) भन्दा निकै पछाडि परेको हो । ९ स्थानीय तहको मतगणना भइरहँदा ४ वटामा कांग्रेस र ४ वटामा माओवादीले अग्रता लिएको छ । एमालेले भने जम्मा एउटा स्थानीय तहमा मात्रै अग्रता लिइरहेको छ ।

विज्ञापन

१० वटा स्थानीय तह रहेको दाङमा २ उप-महानगरपालिका, १ नगरपालिका र ७ वटा गाउँपालिका छ ।

विज्ञापन

तुलसीपुर उपमहानगरपालिकाबाहेक सबैमा मतगणना भइरहेको छ । तुलसीपुर-१७ मा वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा ३ जेठमा मात्रै निर्वाचन हुँदैछ ।

सो वडामा निर्वाचन भएपछि मात्रै मतगणना हुने भएकाले अहिले अरू वडाको पनि मतगणना शुरू नभएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए ।

घोराही उपमहानगरपालिकामा माओवादीले अग्रता लिएको छ । माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले ३१३७ मत ल्याएर अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नरुलाल चौधरीले भने २७६१ मत ल्याएर पोखरेललाई पछ्याइरहेका छन् ।

लमही नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका जोगराज चौधरीले १३३३ मत पाउँदा माओवादी केन्द्रका वसन्तराज शर्मा प्रतिस्पर्धामा छन् । उनले १०३४ मत मात्रै पाएका छन् ।

गढवा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सर्वजीत डिसीले १०४६ मतसहित अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेलले १०१४ मत ल्याएका छन् ।

दशरथ गाउँपालिकामा ५९६ मतसहित नेपाली कांग्रेसका उम्मेदवार शम्भु गिरीले अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी एमालेका मेघनाथ शाहले ३२२ मत पाएका छन् ।

बंगलाचुली गाउँपालिका भर्खर मतगणना शुरू भएको छ । यो गाउँपालिकामा माओवादीका तुलसीराम पुन मगरले २५० मत ल्याउँदा एमालेका भेषराज खत्रीले २१६ मत ल्याएका छन् ।

बबई गाउँपालिकामा भने कांग्रेसका कुलबहादुर खत्री क्षेत्रीले २४ सय मत ल्याउँदा एमालेका भुवनेश्वर पौडेलले १५८२ मत ल्याएका छन् ।

राजपुर गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका कुलराज गिरीले ११६० मत ल्याएर अग्रता लिएका छन् । यो गाउँपालिकामा माओवादीका चक्रबहादुर खड्काले ९८४ मत ल्याएर एमालेसँगको प्रतिस्पर्धामा छन् ।

राप्ती गाउँपालिकामा भने माओवादीका प्रकाश भट्टले अग्रता लिएका छन् । भट्टले १९८८ मत ल्याउँदा एमालेका जगतप्रसाद पोख्रेलले १४५५ मत ल्याएका छन् ।

शान्तिनगर गाउँपालिकामा भने माओवादीले अग्रता लिएको छ । माओवादीका मोहनलाल ओलीले १०७६ मत पाउँदा नेपाली कांग्रेसका प्रमोद बस्नेतले १००१ मत पाएर प्रतिस्पर्धामा छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस