काठमाडौं। सत्ता गठबन्धनले देशको ६ वटै महानगरपालिकाहरुमा मेयर जित्न सक्ने एक चुनावी प्रक्षेपणले देखाएको छ । अघिल्लो चुनावको नतिजा, पछिल्लो बदलिंदो परिस्थिति र मतदातको सेन्टिमेन्टलाई विश्लेषण गरेर तयार गरिएको प्रक्षेपणमा गठबन्धनले सबै महानगरपालिकामा जित हासिल गर्न सक्ने देखिएको हो ।
गठबन्धनले देशका सबै महानगरपालिकाहरुमा नेकपा एमालेको कडा चुनौतीको सामना भने गर्नुपर्ने देखिएको छ । काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसकी सृजना सिंहको अन्तिम समयमा पल्लाभारी भएको हो । रामवीर मानन्धरको केशव स्थापितलाई असहयोग भएपछि पासा पल्टिएको हो ।
विज्ञापन
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सम्मानित मत ल्याउने देखिएको छ । उनी युवा मतदाता माझ लोकप्रीय भएपनि पाका उम्मेदवार माझ अपरिचित नै छन् ।
विज्ञापन
भरतपुर महानगरपालिकामा रेनु दाहाल जित्ने देखिएको छ । उनले पनि अन्तिम समयमा काँग्रेसका असन्तुष्ट नेताहरुको साथ लिन सकिन् ।
पोखरामा नेकपा एसका धनराज आचार्यले पनि जित्ने अवस्था बनेको छ । उनलाई नेपाली काँग्रेसबाट बलियो साथ देखिएको छ । अर्कोतर्फ, माओवादी केन्द्रको समेत मत थपिएकाले आचार्य जित्ने अवस्था बनेको हो ।
वीरगञ्ज महानगरपालिकामा पनि गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका राजेशमान सिंहले बाजी मार्ने देखिएको छ । त्यहाँ एमालेका विजय सरावगी र राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरिश गिरीले कडा टक्कर दिनेछन् ।
विराटनगर महानगरपालिकामा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नागेश कोइराला जित्ने अवस्था छ । तर, उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उपमेयरमा निकै कडा चुनौती देखिएको छ ।यो रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपण हो ।
फेसबुक प्रतिक्रियाहरु