नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेको बर्हिगमनको पर्खाइमा रहेका छन् । उनी हरेक दिनजसो मन्त्री आले कहिले मन्त्रीबाट हट्ला भन्ने चासोमात्रै रहने गरेकाे चर्चा छ । बोर्डका काम भन्दा मन्त्री कहिले हट्ला भन्ने चासोमा विताउने गरेका छन् ।
एकीकृत समाजवादीले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने चर्चा गरेको दुई महिना भइसक्यो । स्थानीय चुनावलगत्तै उनीहरुलाई फिर्ता गर्ने चर्चा पनि चलेको छ । तर, फिर्ता हुनेमध्येमा आले नपर्ने चर्चा पनि भइरहको छ । त्यसैले, अहिले रेग्मीको चासो भनेको आले जान्छन् कि जाँदैनन् भन्ने छ ।
विज्ञापन
आले पर्यटनबाट हटेको अवस्थामा मेटमणि चौधरी वा जीवनराम श्रेष्ठ पर्यटन मन्त्री हुने चर्चा पनि भइरहेको छ । रेग्मीले उनीहरुसँग सम्बन्ध विस्तारको प्रयास पनि गर्न थालिसकेका छन् ।
विज्ञापन
विभिन्न च्यानल प्रयोग गरेर उनीहरुसम्म पुग्न थालेका रेग्मी पछिल्ला दिनमा भने मन्त्री आले फिर्ता नहुने भयो रे भन्न पनि थालेका छन् । आलेलाई फिर्ता गर्दा आउने पार्टीभित्रका जटिलता हेरेर मात्रै अध्यक्ष माधव नेपालले निर्णय गर्ने अवस्था छ ।
त्यसैले आलेले अहिलेसम्म अरु मन्त्रीको भन्दा काम गरेको नेपालको बुझाइ छ । उक्त बुझाइकै कारणले आले निरन्तरता पाउने संभावना पनि रहेको छ ।
खासगरी, आलेको जस्तो हिम्मत नभएसम्म हयात रिजेन्सी होटलले कब्जा गरेको सरकारी जग्गा र सेयर फिर्ता गराउने प्रयास सफल नहुने माधव नेपालको बुझाइ रहेको छ ।
उनीहरु जतिसक्दो चाँडो उक्त निर्णय गर्ने पक्षमा छन् तर अहिले तारागाउँ विकास समितिको कार्यकारी निर्देशकको नियुक्ति अदालतमा पुगेका कारण मात्रै ढिलाई भएको हो ।
कार्यकारी निर्देशकको मुद्दा ह्यात रिजेन्सी होटलकै प्रयासमा अदालत पुगेको र अदालतले पछिल्ला दिनमा पेशी नतोकेको हो । स्थानीय चुनावलगत्तै उक्त मुद्दालाई किनारा लगाउने प्रयासमा मन्त्री आले लागेका छन् । त्यसैले अहिले आलेको निरन्तरता भएमा आफ्नो सीईओ पद जाने डर रेग्मीमा देखिएको छ ।साँघु न्यूज
फेसबुक प्रतिक्रियाहरु