आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • अब बालेन शाह राष्ट्रपति बन्नुपर्छः भिम उपाध्याय
समाचार

अब बालेन शाह राष्ट्रपति बन्नुपर्छः भिम उपाध्याय

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले यसपटक सबै ठुला दलको भोट घट्ने र अरुले काम गर्ने नसकेर बालेन आउनु परेको बताएका छन् । अब बालेन शाह जस्तो व्यक्ति प्रधानमन्त्री र राष्ट्रपति बन्नु पर्ने समेत बताएका छन् ।

आफुले युवाहरुको समर्थन गर्ने, अहिलेको युवा नेताहरु बुढा नेताहरुको दल भित्र दास भएको र बालेनलाई कसैले पनि दास बनाउँन नसक्ने भएकाले गर्दा दास बनाउँन नसक्ने ब्यक्तिहरुलाई नेता बनाउन आग्रह गरेका छन् ।

विज्ञापन

यसपटक सबै ठुलो स्थापित दलहरुलाई धक्का लाग्ने, भोट घट्ने र अहिले सम्म सेलिब्रेटीहरुले बालेनलाई जस्तो कुनै पनि नेतालाई समर्थन नगरेको र बालेन स्थापित मान्छे भएकाले बालेन जस्ता युवाहरुलाई अहिले प्रवेश गरायो भने सिद्धान्त भएको व्यक्तिले काम गर्ने बताएका छन् ।
अरुले नसकेर बालेन आएको र बालेनले नसके अर्को बालेन आउने र दलका कार्यकर्ताहरु र ७० वर्ष भएको ब्यक्तिहरु पनि दास भएको, उनले भने ।

विज्ञापन

बालेन हेर्दा हेदै राष्ट्रिय नेता भएको र ६०७० ओटा मिडियाले बालेनलाई ६० प्रतिशत समर्थन गरेकोले अब युवा नेता भएको र अब चुनाव जित्ने हार्ने त राजनीतिमा ठुला–ठुला नेताले त चुनाव हारे पनि हार जितको ठुलो कुरा नभएको बरु नेतृत्व क्षमता विस्थापित भएपछि सबैमा कब्जा हुने बताएका छन् ।

बालेन शाह कुनै पार्टीको नभएर चिनेर भन्दा पनि व्यक्ति र युवा भएकाले गर्दा समर्थन गरेको उनले बताए ।

स्वतन्त्र मान्छे भयो भने सबै काम मिलाएर गर्ने दलहरुले केहि पनि काम नगर्ने र दल–दल जस्तो नभएको र सिद्धान्त, आस्था र पद्धति पनि नभएको त्यस्तो केहि पनि नभएको र दल होईन यो पार्टी नभएको जो पनि बस्न मिल्ने सबै पार्टी भएको बताएका छन् ।

दलिय ब्यवस्था दल सञ्चालन गर्ने ब्यवस्था र आन्तरिक लोकतन्त्रहरु पुरै ‘डायामेज’ भएकोले गठबन्धन नगरी नहुने भएकोले गठबन्धन गरेको हो, उनले भने ।

दलहरुको जुन चरित्र र जुन दास मानिराको छ, दल भित्र परेर अहिले स्वतन्त्र मान्छे आएर यि दलहरुको नाकमा नथि लगाउनु पर्ने र सबै जनाको समर्थनमा छ बालेन काविल, लायक र उमेर छ, किन नबने राष्ट्रिपति बालेन ? भनेर उनले प्रश्न गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस