प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्योतिषीले बताएअनुसार आगामी असारमा पाँच दलीय गठबन्धन भताभुंग हुने दाबी गरेका छन्।
विजय कुमारको ‘दिशानिर्देश’ टीभी कार्यक्रममा कुरा गर्दै पूर्वप्रधानमन्त्री ओलीले असार १७ गते नेपालको राजनीतिमा उलटफेर हुने भनेर ज्योतिषीले ठोकुवा गरेको बताएका हुन्।
विज्ञापन
उनले नपत्याए प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो ज्योतिषी बोलाएर सोध्न सुझावसमेत दिएका छन्।
विज्ञापन
‘शेरबहादुरजी ज्योतिषमा बडो विश्वास गर्नुहुन्छ’, एमाले अध्यक्ष ओलीले अन्तर्वार्तामा भनेका छन्, ‘यो असारको महिना नेपालको राजनीतिमा उलटफेरवाला महिना छ, उहाँले उहाँको ज्योतिषीलाई बोलाएर सोध्नुभए हुन्छ।’
फेसबुक प्रतिक्रियाहरु