आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • जनताले खोजेको जस्तै काठमाडौं महानगर बनाउछु : सिर्जना सिंह
समाचार

जनताले खोजेको जस्तै काठमाडौं महानगर बनाउछु : सिर्जना सिंह

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंको व्यवस्थित रुपमा विकास गर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा गोरखा–काठमाडौं चुनाव प्रचार समूहले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै सिंहले अस्तव्यस्त काठमाडौंको विकासलाई व्यवस्थित रुपमा विकास गर्ने बताएकी हुन् ।

उनले काठमाडौं महानगर जनताले खोजेको जस्तो नभएकाले आफू मेयर जितेर आए जनताले खोजेको जस्तै काठमाडौं महानगर बनाउने बताइन् । सिंहले काठमाडौं महानगरको प्रशासनिक सेवा सुस्त रहेकाले अब महानगरबासीले घरमा नै बसेर अनलाइन मार्फत सेवा लिन सक्ने वातावरण बनाउने बताएकी छन् ।

विज्ञापन

उनले महानगरमा खानेपानीको समस्या रहेकाले सार्वजनिक स्थानहरुमा शुद्ध र निःशुल्क खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । काठमाडौं महानगरबासीको लागि घर–घरमा स्वास्थ्य उपचार तथा महानगरबासीको लागि छुट्टै सुविधा सम्पन्न अस्पताल बनाएर विपन्न, असहाय र जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने योजना रहेको उनले सुनाए ।

विज्ञापन

उनले भनिन्, ‘काठमाडौं महानगरको सेवा छिटो, छरितो, चुस्त र दुरुस्त बनाउने प्रमुख ध्यान जाने छ । त्यति मात्रै होइन, अहिले आईटीको जमान छ । प्रविधिको प्रयोग गरेर घरबाट नै महानगरका नागरिकले सेवा लिन सक्ने वातावरण बनाउन लाग्ने छु । तपाईहरुले खोजेको काठमाडौं र मैले खोजको काठमाडौं छैन । समस्या नै समस्या रहेको छ । जताततै फोहोरको थुप्रो र अस्तव्यस्त सडक, खाल्डाखुल्टी र धुलो, धुँवा रहेको छ ।’

उनले थप भनिन्, ‘त्यसलाई व्यवस्थित बनाउने पहिलो प्राथमिकता दिने छु । फोहोरको व्यवस्थापन घरबाट नै गर्ने छु । काठमाडौंको बाटो धेरै हिड्छौं । बाटोका पसलमा मिनिरल पानी देख्छौं । काठमाडौंमा पैसा नहुनेले सित्तैमा पानी खान पाउँदैन । त्यसलाई मध्येनजर राखेर सार्वजनिक स्थानहरुमा शुद्ध निःशुल्क खानेपानीको व्यवस्था गर्नेछु । त्यस्तै निःशुल्क शौचालयको विभिन्न स्थानमा महिला मैत्री हुने गरी वडासँग समन्वय गरेर व्यवस्था गर्ने छु । काठमाडौं महानगर भित्र जेष्ठ नागरिक भवन बनाउँछु । त्यसमा बृद्ध बा, आमाले मन वहलाउने, मनका कुरा साट्ने दिन काट्न सक्ने व्यवस्था गर्नेछु ।’

उनले फेरि भनिन्, ‘महानगरमा स्वास्थ्य क्लिनिकहरु स्वयमसेविकाले चलाएको अवस्था छ । अब नर्सहरु राखेर सबै वडामा स्वास्थ्य प्रवद्धन केन्द्र खोलेर विपन्न असहाय र जेष्ठ नागरिकलाई घर–घरमा नै उपचार पु¥याउँछु । काठमाडौंमा सुविधा सम्पन्न अस्पतालहरु छन । तर काठमाडौं महानगरबासीको लागि सुविधा सम्पन्न खोल्छु र त्यहाँ छिटो, छरितो सेवा सहुलियत दरमा दिने र विपन्न, असहाय र जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने व्यवस्था गर्ने छु । अहिले मलाई एउटा आरोप लाग्ने गरेको छ विरासतको राजनीतिबाट आई । नेताको श्रीमती भएर आई भन्ने आरोप छ । हो म गणेशमानको बुहारी पनि हो ।’

उनले थपिन्, ‘म मंगलादेवी सिंहको बुहारी पनि हो । प्रकाशमान सिंहको श्रीमती पनि हो । म यस्तो परिवारबाट आएको हो । जसले रैतिलाई नागरिक बनायो, जसले यो देशको उच्चपद प्रधानमन्त्री दिँदा पनि अस्वीकार गर्नुभयो । जसले सम्पूर्ण जीवन देशको लागि विताउनु भयो । मेरो परिवारले यो देशमा कहिल्यै भष्ट्राचार गरेको छैन । परिवारले सामाजिक विचलन आउन दिएको छैन । त्यसैले म कर्ता मात्रै हो मैले सबै काम गर्न सक्दिनँ । विज्ञहरुसँग समन्वयमा काठमाडौं महानगरको विकासको काम गर्नेछु ।’

उनले आफूलाई विरासतको राजनीतिबाट आएको आरोप लागे पनि रैतीलाई नागरिक बनाउने परिवारको सदस्य रहेको बताइन् । काठमाडौं महानगरको मेयरको उमेद्वार भए पनि आफू कर्ता मात्रै भएको भन्दै उनले महानगरको विकासमा सबैसँग समन्वय गरेर मात्रै काम गर्ने बताइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस