आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • म पहिला पनि फुर्सदिलो, अहिले पनि फुर्सदिलो : आर्यन सिग्देल
समाचार

म पहिला पनि फुर्सदिलो, अहिले पनि फुर्सदिलो : आर्यन सिग्देल

एक समय नेपाली फिल्ममा अभिनेता आर्यन सिग्देलको ठूलो रजगज थियो । लभस्टोरी फिल्ममा उनी निर्विकल्प झैं थिए । चकलेटी लुक्स र राम्रो अभिनय गर्ने क्षमताले पहिलो फिल्म ‘किस्मत’पछि उनले करिअर फर्केर हेर्नै परेन । उनी निरन्तर सफलताको सिडी चढ्दै गए । तर, केही वर्षयता उनको करिअर खासै सुखद् छैन । उनका पछिल्ला प्रायः फिल्म बक्सअफिसमा डिजास्टर छन् ।

२०७६ सालमा आर्यनका दुई फिल्म ‘हजार जुनीसम्म’ र ‘चचहुइँ’ रिलिज भएका थिए । यसपछि उनी काँचको पर्दामा देखिएका छैनन् । लकडाउनको समयमा उनले ‘डिसेम्बर फल्स’ र ‘मिरर’ गरी दुई फिल्म साइन गरे । ‘डिसेम्बर फल्स’को छायांकन अधुरैमा अड्किएको छ भने ‘मिरर’को छायांकन अन्योलमा छ । फिल्मको काम सुरु नहुँदा अचेल आर्यन म्यूजिक भिडियोमा व्यस्त छन् ।

विज्ञापन

कतिपयले फिल्मबाट अफर आउन छाडेपछि आर्यनले फुर्सदिलो भएर म्यूजिक भिडियोमा काम गर्न थालेको टिप्पणी गरिरहेका छन् । तर, आर्यन आफू पहिला पनि र अहिले पनि फुर्सदिलो रहेको बताउँछन् । उनी भन्छन्, ‘निखिल दाई र विराज दाईको दिनमै दुईटा सेड्युल चल्ने समयमा म वर्षमा २ वटा फिल्म गर्थे । म त्यो बेला पनि फुर्सदिलो, अहिले पनि फुर्सदिलो छु । र, म खुशी छु ।’

विज्ञापन

आफ्नो संघर्षको दिन एकदमै राम्रो रहेको पनि उनको भनाई छ । संघर्षको समयलाई जीवनको उज्यालोको रुपमा लिएका उनी भन्छन्, ‘अरु बाल्यकाल फर्कियोस् भन्छन् तर म मेरो संघर्षको समय फर्कियोस् भन्ने चाहन्छु । त्यो समय एकदमै सुन्दर थियो ।’ कोभिडपछि आफूलाई धेरै फिल्मबाट अफर आएको भए पनि इन्डस्ट्रीको माहोलले तत्काल फिल्म बन्न नसकेको उनको भनाई छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस