नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक सञ्जालमा सक्रिय हुँदै आएकी छिन् । पछिल्लो समय उनले आकर्षक तस्बिरहरु सार्वजनिक गर्दै आईरहेकी छिन् ।
विज्ञापन
जन्म: बि.स.२०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा बिरगंजमा जन्मिएकी थिईन । उनको न्वारानको नाम भने प्रीयन्का शाह हो ।
विज्ञापन
चलचित्र क्षेत्रमा डेब्यु– नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले यसबाट पनि ठूलो सफलता हात पारिन् ।
उनले अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ जस्ता फिल्महरुमा अभिनय गरेसकेकी छिन् ।
गतबर्ष साम्राज्ञी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भए । दुबै चलचित्र बक्स अफिसमा पछारिदा साम्राज्ञीको क्रेज कमजोर बनेको टिप्पणी भयो ।
बिबाद– उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।
नायक भूवन केसीसँगको विवादपछि साम्राज्ञीलाई निर्माताले अब पत्याउँदैनन् भन्ने खालका विश्लेषण पनि भए । तर, साम्राज्ञीलाई चलचित्रको अफरमा भने कुनै कमी देखिएको छैन ।
महँगो पारिश्रमिक – उनले चलचित्र ‘रेड वाइन’का लागि १२ लाख पारिश्रमिक लिएको वुझिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुने बताईएको थियो ।
साम्राज्ञीले गत बर्ष काम गरेका दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’मा पनि १० लाख माथि नै पारिश्रमिक लिएकी थिइन् । यसरी हेर्दा, उनी महँगो पारिश्रमिक लिने नायिकामा पर्छिन ।
पहिलो चलचित्रबाट नै सफलता हात पारेकी यी सुन्दरीले दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि आफूलाई यो क्षेत्रमा बलियो रुपमा उभ्याएकी थिइन् ।
तर, चलचित्र करिअरको यात्रामा साम्राज्ञीका लागि यसपछिका दिनहरु खासै सुखद बनेका छैनन् । ‘तिमी सँग, कायरा, मारुनी, रातो टिका निधारमा’ जस्ता चलचित्रले उनलाई सफलताको स्वाद चखाउन सकेनन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट भने उनलाई फाइदा नै भयो ।
साम्राज्ञीको करिअरमा विवाद पनि एकसाथ अगाडि बढेको देखिन्छ । नायक भूवन केसीसँगको वाकयुद्धले लकडाउन अवधीभर उनलाई चर्चामा राखेको थियो ।
यो बाहेक प्रेम सम्बन्धले पनि उनी चर्चामा रहेको पाइन्छ । बालीमा रमाउने क्रममा खिचाएका केही तस्वीरले उनलाई आलोचना भोग्न वाध्य बनायो । चलचित्र ‘कायरा’को छायांकनका क्रममा खोपेको ट्याटुले पनि उनलाई आलोचित बनायो ।
लकडाउनपछि ३ वटा चलचित्र साइन गरेकी साम्राज्ञीप्रतिको विश्वास अझै पनि निर्मातामा कम भएको भने छैन । नेपाली चलचित्रमा यूवापुस्तालाई हलसम्म तान्न उनको भूमिका पनि विर्सन सकिदैन ।
फेसबुक प्रतिक्रियाहरु