शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • Breaking News
  • राष्ट्रको हितका लागि गठबन्धन : महरा
Breaking News

राष्ट्रको हितका लागि गठबन्धन : महरा

दाङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियता, संघीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँचदलीय गठबन्धन गर्नुपरेको बताएका छन् ।

पाँचदलीय गठबन्धनले शनिबार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण तथा उमेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, संविधान, राष्ट्रियताका लागि गठबन्धनको आवश्यकता परेको स्पष्ट पारे । उनले भने, “व्यक्तिको भन्दा पनि राष्ट्रको हितका लागि गठबन्धन हो ।”

विज्ञापन

 

विज्ञापन

प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकतालाई प्रवक्ता महराले ढुक्क भएर पाँचदलीय गठबन्धनका उमेदवारका पक्षमा मतदान गर्न आग्रह गरे ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले मुलुकमा तानाशाही प्रवृत्ति रहेको भन्दै यसको अन्त्यका लागि नै यो गठबन्धन भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखका उमेदवार गेहेन्द्र गिरी, उपप्रमुखका उमेदवार जोगबहादुर राणा, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य हिराचन्द्र केसी, राष्ट्रिय जनमोर्चाका नेता भर भण्डारीलगायत नेताले मन्तव्य व्यक्त गर्दै यो गठबन्धन संविधानको रक्षाका लागि भएको बताए । रासस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस