स्थानीय तहको निर्वाचन नजिकै आउँदा नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष पदबाट हट्दै पार्टी छाडेका श्रीधर पोखरेल नेकपा एमालेमै फर्किने भएका छन्।
एमालेबाटै फुटेर माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादी छाडेर पोखरेल पुनः एमालेमै प्रवेश गर्न लागेका हुन्।
विज्ञापन
श्रीधर पोखरेललाई अहिले बिहान १० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनः नेकपा एमालेमा भित्र्याउने कार्यक्रम छ।
विज्ञापन
यसअघि पोखरेलले हिजो बुधबार मात्र पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरी एकीकृत समाजवादी छाडेको घोषणा गरेका थिए।
‘पार्टीलाई सामूहिक होइन, प्राइभेट लिमिटेडजस्तो बनाउन खोजियो। हामीले यस्तो गर्न एमालेमा विद्रोह गरेका होइनौं,’ पोखरेलले भनेका थिए। छन्।
स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुँदै छ।
फेसबुक प्रतिक्रियाहरु