भरतपुर ।
नेपाली काँग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वारी दिएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ । सभापति राजेश्वर खनाल नेतृत्वको टोलीले मंगलबार साँझ पूर्व सांसद पौडेललाई उनकै निवासमा भेटी आफ्नो निर्णयमा पुर्नविचार गर्न आग्रह गरेका हुन् ।
विज्ञापन
टोलीमा उपसभापति राजिव न्यौपाने र सचिव सूर्य अर्याल थिए । “तपाई जुन बाटो हिड्दै हुनुहुन्छ त्यो बाटोमा पूर्नविचार गर्नु भनेर उहाँलाई आग्रह गरेका छौं”, सभापति खनालले भने, “उहाँलाई हामीले आफ्नो तर्फबाट कुरा गर्यौं । उहाँले पुर्नविचार गर्नुहन्छ भन्ने विश्वास गरेका छौं ।” गठबन्धनको निर्णयअनुसार पार्टीलाई सहयोग गर्न पनि टोलीले पौडेललाई आग्रह गरेको थियो ।
विज्ञापन
सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा प्रमुख पदको लागि दाबी गरेको हो भने उपप्रमुख पद काँग्रेसले लिएको छ । उपप्रमुख सहित २९ वडामध्ये काँग्रेसले २० वटा वडा लिएको छ । काँग्रेसलाई प्रमुख नदिएको भन्दै असन्तुष्ट बनेको पक्षबाट पौडेलले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए ।
फेसबुक प्रतिक्रियाहरु