शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • १० बुँदे सम्झौतापछि पार्टीमै बसेकाहरूलाई एमालेको बेवास्ता
समाचार

१० बुँदे सम्झौतापछि पार्टीमै बसेकाहरूलाई एमालेको बेवास्ता

Renu Dahal

१० बुँदे सम्झौता मार्फत एमालेमा बसेका नेताहरूलाई स्थानीय तहको निर्वाचनबाट नै पाखा लगाउन शुरू गरिएको छ ।

मोरङका १७ स्थानीय तहमध्ये कुनै पनि पालिकामा पाटी फुट्दा माधव नेपाललाई साथ नदिएका नेताहरूलाई एमालेले पाखा लगाएको हो ।

विज्ञापन

गत चुनावमा माधव नेपाल निकट रहेर टिकट लिएका प्रमुख तथा उप प्रमुखहरूलाई यस पटक भने टिकट दिएको छैन । मोरङका तिन पालिकामा गत चुनावमा माधव नेपाल निकटका नेताहरूले जितेका थिए ।

विज्ञापन

बेलबारी नगरपालिकाको मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरको मेयरमा दिलीप राई र केराबारी गाउँपालिकाको उपाध्यक्षमा शान्ति भुजेल १० बुँदे सहमति मार्फत एमालेमै बसेका थिए । तर तिनै जनालाई यस पटक भने टिकट दिएको छैन ।

बेलबारीमा एमाले अध्यक्ष ओली निकटका डिपि राईलाई एमालेले अन्तिम समयमा टिकट दिएको छ । सोमवार मात्रै उनलाई टिकट दिएको हो । अगाडि नै टिकट दिँदा ज्ञानेन्द्र सुवेदीले नेकपा एकीकृत समाजवादीमा गएर उठ्छ भन्ने डरले अन्तिम समयमा राईलाई टिकट दिएको एमाले प्रदेश कमिटीका एक नेताले बताए ।

बेलबारीमा सुवेदीको राम्रो प्रभाव भए पनि उनलाई १० बुँदे सहमतिमार्फत पार्टीमा बसेको भनेर टिकट नदिएको ती नेताले बताए । पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा मोहन तुम्वापो र उपप्रमुखमा देवीमाया काफ्ले उम्मेदवार बनाएको छ । उनीहरू दुवै जना एमाले अध्यक्ष ओली निकटकै हुन । केराबारी गाउँपालिकाको अध्यक्षको सुमन मिरिङ्चिङ र उपाध्यक्षमा मनमाया मगरलाई एमालेले अगाडि बढाएको छ ।

यस्तै विराटनगर महानगरपालिको मेयरमा प्रदेश कमिटी बाट सिफारिसमा परेका जीवन घिमिरे र उपमेयरमा महानगर कमिटीको सिफारिसमा परेकी विमला दाहाल (घिमिरे)लाई पनि टिकट दिइएको छैन । माधव नेपाल एमालेमा हुँदा उनीहरू निकटकै हुन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस