शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • समाचार
  • चुनाव सार्ने षड्यन्त्र भइरहेको छ तर एमालेले यो हुन दिँदैन : ओली
समाचार

चुनाव सार्ने षड्यन्त्र भइरहेको छ तर एमालेले यो हुन दिँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

आज (सोमबार) पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोलुखुम्बुको सदरमुकाम सल्लेरी आइपुगेका ओलीले यस्तो बताएका हुन् ।

विज्ञापन

‘अहिले पनि गठबन्धन बालुवाटारमा बैठक बसिरहेको छ । चुनाव सार्ने षड्यन्त्र गरिरहेको छ,’ ओलीले भनेका छन्, ‘तर एमाले यो हुन दिँदैन ।’

विज्ञापन

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई चुनाव सार्ने काममा नलाग्न आग्रह गर्दै सूर्य चिह्नबाट चुनाव लड्न आह्वानसमेत गरे । ‘म विप्लवजीलाई भन्न चाहन्छु,’ ओलीले भनेका छन्, ‘तपाईंलाई एक इमान्दार नेताका रूपमा जनताले चिन्छन् ।

व्यवस्था बिथोल्नेहरूसँग नबस्नुस्, तपाईं आउनुस् सूर्य चिह्नबाट चुनाव लड्नुस् । पार्टी तपाईंकै हुनेछ । कार्यकर्ता तपाईंकै हुनेछन् । तर, चुनाव सार्ने कामचाहिँ नगर्नुस् ।’

उनले एमाले पाँचदलीय गठबन्धनलाई चकनाचुर पार्नका लागि अघि बढेको बताए । ‘एमाले कमजोर छैन । एमाले गठबन्धनलाई चकनाचुर पार्नका लागि अघि बढेको छ । एमाले डराउँदैन, त्यसका लागि एमाले सक्षम छ,’ ओलीले भनेका छन् ।

ओलीले सोलुखुम्बुस्थित अन्य पार्टीमा रहेका नेतारकार्यकर्ताहरूलाई एमालेमा प्रवेश गर्न आग्रहसमेत गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस