सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • सरकार स्थानीय तह रिक्त पारेर भ्रष्टाचार गर्ने दाउमा छ : केपी ओली
समाचार

सरकार स्थानीय तह रिक्त पारेर भ्रष्टाचार गर्ने दाउमा छ : केपी ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तह रिक्त पारेर भ्रष्टाचार गर्ने दाउमा रहेको बताएका छन् । सोमबार पार्टी कार्यक्रमलाई सम्बोधन गर्न बझाङ पुगेका ओलीले भनेका छन्, ‘संसद् अन्त्य गरेर, अध्यादेश ल्याएर चुनाव गराउन खोजेको छ । जनप्रतिनिधिविहीन बनाउन खोजेको छ । प्रतिगमनमा लैजान खोजेका छ । भ्रष्टाचार गर्ने दाउमा छ ।’

सरकारमा रहेका दल सम्धी, ज्वाइँ, भतिजो नियुक्ति गर्नमै व्यस्त रहेको आरोप ओलीको थियो । आर्थिक अवस्था कर्मचारी, सेना र प्रहरीलाई तनाखासमेत दिन नसक्ने अवस्था पुगेको उनले बताए ।

विज्ञापन

सुदूरपश्चिम सरकार केन्द्रको भन्दा भ्रष्ट रहेको उनको आरोप छ, भने—‘पहिले कमिसन, त्यसपछि विकास आयोजना दिने त सुदूरपश्चिममा सरकार छ ।’

विज्ञापन

निर्वाचन आचारसंहिताअनुसार पुनस् उम्मेदवार बन्ने बहलवाला जनप्रतिनिधिहरूले मनोनयनअगावै राजीनामा दिनुपर्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस