शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • दुर्गेश आउट, जी–बब इन
समाचार

दुर्गेश आउट, जी–बब इन

काठमाडौँ । पछिल्लो समय दुर्गेश थापाको समय ठीकठाक छैन । गीत गाउन नआउने गायक भनेर लामो समय आलोचना खेपेका दुर्गेश पछिल्लो समय अभिनेता पल शाह प्रकरणमा मुछिए । त्यस यता अभिनेता शाहको फ्यानको निशानामा परेका दुर्गेशलाई ‘ए मेरो हजुर ४’ टिमले स्क्रिन स्पेस नदिने भएको छ । प्रदर्शनको संघारमा रहेको ‘ए मेरो हजुर ४’ बाट उनले पहिला नै गायकको रुपमा हात झिक्नु परेको थियो ।

एक टिभी अन्तर्वार्तामा गीत गाउन नसक्दा मात्र होइन, गायक नचिन्दा कडा आलोचना खेपेपछि स्वर हटाउने निर्णय गरेको ‘ए मेरो हजुर ४’ टिमले अभिनेता शाह प्रकरण पश्चात उक्त गीतको दृश्यबाट समेत हटाएको छ । निर्माण टिमले सम्भावित विवादलाई मध्ये नजर गर्दै दुर्गेश थापा देखिएका गीत तथा दृश्य सम्पादन गर्ने निर्णय गरेको हो ।

विज्ञापन

 

विज्ञापन

यसका साथै निर्माण टिमले हालसालै मात्र उनको ठाउँमा जी–बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीको स्वर राख्ने निर्णयसहित गीत रेकर्ड गराइसकेको छ । आजभोलि नै सार्वजनिक हुन लागेको गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ । उनको स्वर रहेको ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस