मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओली गुटले गर्दा नागरिकता विधेयक पारित गर्न सकिएन : प्रचण्ड
समाचार

केपी ओली गुटले गर्दा नागरिकता विधेयक पारित गर्न सकिएन : प्रचण्ड

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित नभएको आरोप लगाएका छन् । बिहीबार सिरहामा आयोजित कार्यक्रममा बोल्दै उनले नागरिकता विधेयक संसदमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् ।

संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको प्रचण्डले बताए ।

विज्ञापन

 

विज्ञापन

‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ’ उनले भने । सदनबाट पारित गरौं भन्ने प्रस्तावलाई पनि एमाले र केपी ओली गुटले रोकेका कारण विधेयक पारित नभएको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस