टवलका मेयर शिवराज सुवेदी कै वडामा नेकपा एमालेका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । उनको वडामा एमाले छोड्नेको संख्या उच्च बनेको छ ।
नेकपा एमाले रूपन्देहीका अध्यक्ष समेत रहेका सुवेदीकै वडा बुटवल वडा नं. ७ मा नेकपा एमाले सहित अन्य दल परित्याग गरि आज एकै दिन ५१३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
विज्ञापन
एमालेबाट मेयरमा बिजयी भएका सुवेदीको वडामा एमाले परित्याग गर्दै कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको हो । पछिल्लो समय उनले काम गर्न नसकेको भन्दै कडा आलोचना समेत हुने गरेको छ ।
विज्ञापन
शनिबार आयोजना गरिएको प्रचार प्रसार कार्यालय उद्घाटन कै दिन नेकपा एमालेबाट ४०० माओबादीबाट ५० र अन्य दलहरुबाट ६३ जना गरि ५१३ जना नेपाली कांग्रेसमा प्रवेश गरेको वडा सभापति दीनानाथ गिरिले जानकारी दिए ।
मेयर सुवेदीले चुनावको समयमा जनता समक्ष गरेका बाँचा पुरा नगरेपछि कांग्रेसमा पार्टी प्रवेश गर्नेको लहर चलेको नगर सभापति खेलराज पाण्डेयले बताए । मेयर सुवेदी आफैले बुटवलमा काम गर्न नसकेको स्वीकार गर्ने गरेको भन्दै पाण्डेले अब बुटवलमा कांग्रेसले चुनाव जित्ने र जनताको चाहाना अनुसारको विकास निर्माणको काम गर्ने दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य दीर्घ बहादुर केसीले अहिले नेपाली कांग्रेसमा प्रवेश गर्ने युवाहरुको लहर नै चलेको बताउदै सरकार चलाउनको लागि ५ वर्षको समय पाएका कम्युनिष्टले केही गर्न नसकेपछि अहिले कांग्रेस प्रवेश गर्नेहरुको लहर चलेको दाबी गरे ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ७ का सभापति दिनानाथ गिरीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिब परमानन्द भट्टराई,क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश क का सभापति खड्क बहादुर महत,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुप्त बहादुर केसी,जिल्ला सदस्य राधा ज्ञवाली,वडा समिति सचिव हाेम मल्ल लगायतले बोलेका थिए ।
बुटवलका मेयर शिवराज सुवेदी कै वडामा नेकपा एमालेका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु