चितवन।
गठबन्धनको विपक्षमा धारणा राखेका चितवनका नेताहरुप्रति कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन्। शुक्रबारदेखि जारी बैठकमा चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवनमा गठबन्धन गर्न नहुने धारणा राखेपछि देउवा आक्रोशित भएका थिए। क्याम्पसमा चुनाव जित्नुहुन्न। कहीँ कतै जित्नुहुन्न। खालि हामी बलियो छौं भन्नुहुन्छ। अनि गठबन्धनको विरोध गर्नुहुन्छ,देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने।
विज्ञापन
विज्ञापन
कोइरालाले बैठकमा आफूले नेपाली कांग्रेस एक्लै चुनावमा जानुपर्ने धारणा राखेका थिए। एक्लै भिड्नुपर्छ। यदि कहीँ गठबन्धन गर्नुपर्यो भने स्थानीय स्तरबाटै त्यहाँको आवश्यकता र चाहना छलफल गरेर मात्रै गर्नुपर्छ। केन्द्रबाट लादिनुहुँदैन,उनको भनाइ थियो।
यतिबेला पनि कांग्रेस सिंगल लडेन भने कहिले लड्ने ? भन्ने उनको प्रश्न थियो। नेकपा फुटेका बेला, एमाले फुटेका बेला, त्यसैले सिंगल लड्नुपर्छ भन्ने मेरो धारणा हो,उनले भने। कोइराला २०७४ सालको स्थानीय निर्वाचनका बेला सुरुमा भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका थिए। देउवाले आफ्ना उम्मेदवार कोइरालाको उम्मेदवारी निर्वाचनको १० दिनअघि फिर्ता लिएका थिए।
फेसबुक प्रतिक्रियाहरु