काठमाडौँ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मार्च ९ मा भारतीय पक्षबाट क्षेप्यास्त्र प्रहार भएको विषयलाई लिएर चेतावनी दिएका छन् । आइतबारको भाषणमा खानले भने, मार्च ९ मा के भयो तपाईं सबैलाई थाहा छ । भारतीय पक्षबाट हाम्रो देशमा एउटा क्षेप्यास्त्र प्रहार गरियो । चाहेको भए हामीले त्यसको जवाफ एकै पटक दिन सक्थ्यौँ तर हामीले सचेत भएर काम गऱ्यौँ ।
विज्ञापन
मार्च ९ मा भारतीय सेनाले अनआर्म्ड मिसाइल ९हतियार नभएको क्षेप्यास्त्र गल्तीले प्रहार गरेको थियो । करिब २६१ किमी दुरीमा उक्त मिसाइल पाकिस्तानको मियाँ चान्नु क्षेत्रमा खसेको थियो । यसमा कुनै हतियार नभएकाले कुनै क्षति भने भएन । भारतले आफ्नो गल्ती स्वीकार गर्दै उच्चस्तरीय छानबिन को आदेश दिएको थियो ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु