काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नुहने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको नभई युग सुहाउँदो हुनुपर्ने बताए ।
“विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरूको सबलीकरणमा ध्यान दिनुपर्यो,” उनले भने ।
विज्ञापन
विज्ञापन
देश सुरुङमार्ग, लिफटिङ सिचाइँ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै उनले इन्जिनियरलाई गम्भीर हुन आग्रह गरेका छन् । “जाँदा पिच भएको बाटो फर्किँदा भत्किएको हुन्छ,” मन्त्री पौडेलले भने “यस्तो परम्परालाई चिर्नुपर्यो ।”
यस्तै, विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै उनले यस वर्षदेखि देशका ४० बढी क्याम्पसहरूको भौतिक संरचना बन्ने उनले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु