On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • पत्रपत्रिका
  • राशिफल : २०७८ फाल्गुन २७ गते शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?
पत्रपत्रिका

राशिफल : २०७८ फाल्गुन २७ गते शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?

वि.सं. २०७८ फाल्गुन २७ गते शुक्रवार तदनुसार ई. सं. २०२२ मार्च ११ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (चिल्लाथ्व) नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, चन्द्रोदय : दिउँसो १२:३३ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:१९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२१ बजे र सूर्यास्त : साँझ ०६:०९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे, फाल्गुन शुक्लपक्षको नवमी तिथि, (अहोरात्र व्याप्त), मृगशिरा नक्षत्र, दिउँसो ०२:०९ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, मध्यरात्रीपछि ०२:४७ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा बालब करण साँझ ०६:०७ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०७:११ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २८ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन । २९ गते : मूहुर्त : द्रव्यप्रयोग वा लगानी, ३० गते : फाल्गुन मसान्त, श्री आमलकी एकादशी व्रत, रंगभरी एकादशी व्रत (व्रजक्षेत्र), श्री काशी विश्वनाथ श्रृंगार दिवस, मूहुर्त : द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने (द्रष्टव्य : भद्रा विचार गरी कार्य गर्ने)

विज्ञापन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक र घरायसी कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दु:खित बन्नसक्छ । श्रमप्रति श्रद्धाभाव उत्पन्न हुनेछ, आफैंले गरेको मिहिनेत र लगनशीलताद्वारा धनार्जन गर्नुका साथै वैभवयुक्त जीवन भोग गर्न पाइने छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री, हातहतियार, निर्माणसामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

विज्ञापन

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरपरिवारका सदस्य वा जीवनसाथीको कुनै व्यवहारले आज एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । परीक्षा वा प्रतियोगिताको तैयारी गर्दै हुनुहुन्छ भने आज आत्मविश्वास बढ्नेछ, प्रयास गर्नुहोस् सफलता तपाईंको मुट्ठीमा हुनेछ । कमाइ व्यवस्थापन गर्ने राम्रो अवसर मिल्नेछ, आफ्नो प्रतिभा प्रदर्शन गरी वा कुनै अभिव्यक्तिगत कला प्रस्तुत गर्दै बोलीका माध्यमबाट धन र मान कमाउन सकिने छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, व्यवहारिक समस्या हल गर्न सहयोग आदान/प्रदान हुनसक्छ । शरीरमा जोश र उमङ्ग बढ्ने दिन हो । सँगीसाथी र नातेदारबाट पर्याप्त सहयोग जुटाउन सक्नुहुन्छ । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भास्कराय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापारमा लगानी बढाउने समय हो, खर्च लागे पनि अहिलेको प्रयासले पछिलाई फाइदा हुनेछ । कारोबारमा थप सफलता पाउन प्रतिस्पर्द्धामा जानुपर्ने हुन्छ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । उच्च महत्त्वाकाङ्क्षा राख्नु ठीक होइन, सानो लापरबाहीले दूरगामी भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । आजको भाग्यबल ०५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: शिवाय न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
ठूलाबडा व्यक्तिसित भेटघाट हुने वा नवीन परिचय प्राप्त हुने दिन छ । आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिने छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, यद्यपि साथीसँग कुराकानी भएको छैन भने सम्पर्क राखी दूरी घटाउने प्रयत्न गर्नुहोला । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो मिहिनेत गर्ने दिन हो, अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार प्रतिफल पनि राम्रै हुनेछ । सकेसम्म आफ्नो पार्टनरका भावना र मनसायलाई बुझ्ने प्रयास गरी कार्यक्षेत्रमा सक्रिय रहनु उचित हुन्छ । आफ्नो व्यस्तता सुरुमा नै बताएर विश्वास जित्न सकिने छ । आफैंले कमाएको धन र वैभवका माध्यमबाट आज आफ्नो कुलघरान र खानदानको इज्जत बढाउने योजना बनाउन सक्नुहुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रातो/सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ स्थानदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चित्त नबुझेका कुरा प्रकाशमा ल्याए उपाय निस्कने छ । सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्नेछ । माङ्गलिक कर्म गर्ने सोच पलाउने दिन हो । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर गुम्ने समय हो । व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय हो, मिहिनेत र लगनशीलताका माध्यमबाट प्रतिष्ठा प्राप्त हुनेछ, प्रतिस्पर्द्धी र शत्रु नै भए पनि तिनको क्रियाकलापसमेत सहयोगीका रूपमा देखापर्न सक्छन् । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो नारायणाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । मनमा वैराग्य जाग्ने र एकोहोरोपना बढ्ने समय हो । सकेसम्म रामरौस त्यागेर सादा जीवन र सरल जीवनशैलीलाई अनुसरण गर्नु जाति हुन्छ । व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा समुचित समन्वय हुनु जरुरी देखिन्छ । परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै नयाँ निर्णय लिनु राम्रो हुँदैन । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वमृत्युनिवारकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रेमी वा प्रेमिकाको अहङ्कार, घमण्ड र जिद्दीपना बढ्नेछ । आफ्ना कुरा राख्न खोज्दा विवादको सम्भावना भएकाले आज नबोलेकै जाति हुन्छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । आजको भाग्यबल ५० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ द्रां द्रीं द्रौं स: शुक्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । परीक्षा वा अन्तर्वाता छ भने सफलता मिल्नेछ, आजको दिन प्रतियोगी/प्रतिस्पर्द्धीमाथि हाबी हुने समय हो । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सर्वरोगहराय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । नयाँ कुरो जान्ने वा सिक्ने मौका पाइने छ, आफ्नै वा छोराछोरीको व्यक्तित्व विकास र शैक्षिक योग्यता बढाउन गरेको प्रयास सफल हुनेछ । चिताएको काम बनाउन बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गर्नुपर्ने दिन हो । समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर कर्मचारीको सहयोग लिनुपर्छ । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शारदादेव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । मनमा भ्रम र चिन्ता सलबलाउने समय भएकाले सकेसम्म धैर्य र संयम हुनु राम्रो हुन्छ । होटल/मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । अनिवार्य नै छैन भने एकदुई दिन पर्खिएर खर्च गरेको राम्रो हुन्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चं चन्द्रमसे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस