सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • बलिउड नायिका सोनाक्षी सिन्हा प’क्राउ पर्दै, अदालतले दियो यस्तो आदेश
समाचार

बलिउड नायिका सोनाक्षी सिन्हा प’क्राउ पर्दै, अदालतले दियो यस्तो आदेश

काठमाडौ । बलिउड नायिका सोनाक्षी सिन्हा अब आफै उपस्थित नभए प्रहरीले पक्राउ गर्ने भएको छ । उनलाई पैसा लिएपछि पनि कार्यक्रममा उपस्थित नभएको भन्दै प्रहरीमा उजुरी परेको थियो । सो मुद्दा अदालतसम्म पुगेको हो । सो घटनामा मामिलामा बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबादको एसिजेएम अदालतले वारेन्ट जारी गरेको छ ।

अदालतले आरोपी नायिकालाई २५ अप्रिल (बैशाख १२) को दिन अदालतमा पेश हुन आदेश दिइएको छ । सोनाक्षीविरुद्ध फेब्रुअरी सन् २०१९ को यो मामिलामा एफआईआर दर्ता गरिएको थियो ।

विज्ञापन

मुरादाबादको कटघर थाना इलाकाको शिवपुरी निवासी प्रमोद शर्मा ह्युइन्डिया फेसन एन्ड ब्यूटी अवार्डको नामले अर्थनाइजिङ फर्म चलाउँछन् । सोनाक्षी सिन्हा र उनीसँग सम्बन्धित इभेन्ट कम्पनीले उक्त फर्मलाई ३७ लाखको ठगी गरेका छन् ।

विज्ञापन

प्रमोद शर्माले बताए अनुसार ३० सेप्टेम्बरमा उनको इभेन्ट कम्पनीले दिल्लीको सिरी फोर्ट अडिटोरियममा इन्डिया फेसन एन्ड ब्यूटी अवार्ड कार्यक्रम आयोजित गरेको थियो । यसमा नायिका सोनाक्षी सिन्हालाई बोलाउनका लागि टेलेन्ट फुलअन कम्पनीका सञ्चालक अभिषेक सिन्हा र एक्सिड इन्टरटेनमेन्टमार्फत् कुराकानी भयो । तोकिएको रकम अनुसार सोनाक्षी सिन्हालाई कूल २८ लाख १७ हजार भारुको भुक्तानी जुनमा चार किस्तामा दिइयो ।

कम्पनीलाई पाँच लाख भारु कमिशन दिइयो । सबै रकम अनलाइनमार्फत् दिइयो । त्यसपछि २१ जूनमा अभिषेकको इभेन्ट कम्पनीले सोनाक्षीसँग लिखित करार गरेको थियो । त्यसपछि सोनाक्षीले दिल्लीमा हुन लागेको कार्यक्रमका लागि प्रोमोशनल भिडियो पनि जारी गरेकी थिइन् । तर नायिका कार्यक्रममा सरिक भइनन् ।

फरियादीका वकिल पिके गोस्वामीका अनुसार यो मामिलामा मुद्दा दर्ता गराएपछि मुद्दा मुरादाबाद कोर्टमा पुग्यो । त्यसपछि सोनाक्षी सिन्हाले मामिलामा हाइकोर्टबाट स्टे लिएकी थिइन् । त्यो स्टे लिएको ६ महिनाभन्दा बढी समय भइसकेको छ । सर्वोच्च अदालतको एउटा निर्णय अनुसार एक स्टे ६ महिनासम्म मात्रै वैध हुनसक्छ । त्यसपछि यो निष्क्रिय मानिन्छ । यो आदेशलाई ध्यानमा राख्दै मुरादाबादको एसिजेएम अदालतले सोनाक्षी सिन्हाविरुद्ध वारेन्ट जारी गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस