काडमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न षडयन्त्र भइरहेको आरोप लगाएका छन्।एकीकृत समाजवादी निकट प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेपालले गठबन्धन तोड्ने षडयन्त्रलाई पराजित गर्ने बताएका हुन्।
पाँच दलीय गठबन्धन तोड्न र सरकारमा आउन रातारात षडयन्त्र भइरहेको जनाउँदै त्यसलाई सफल हुन नदिने उनले बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेका भेटवार्तालाई इंगित गर्दै अध्यक्ष नेपालले षडयन्त्रको संज्ञा दिएका हुन्। उनले यसमा एमाले अध्यक्ष ओलीले गठबन्धन तोड्न षडयन्त्र गरिरहेको संकेत गरे।
विज्ञापन
यस्तै, अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विषयलाई लिएर गठबन्धनमा केही मतभेद भए पनि गठबन्धन जोगाउने प्रयास भइरहेको उनले बताए। यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने नेता नेपालले बताए।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु