आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • बाबुरामले नयाँ दल दर्ता गर्न लगाएका हुन् ?
समाचार

बाबुरामले नयाँ दल दर्ता गर्न लगाएका हुन् ?

काठमाडौं । आँखा चुनाव चिन्ह डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको थियो । उक्त पार्टी संघीय समाजवादी पार्टीसँग दर्ता भएपछि अस्तित्वमा छैन । समाजवादी पार्टी पछि जनता समाजवादी पार्टी बन्यो ।

अहिले फेरि आँखा चुनाव चिन्हको दल दर्ता भएको छ । निर्वाचन आयोगमा दर्ता भएको आँखा चुनाव चिन्हको दलको नाम समावेशी लोकतान्त्रिक पार्टी राखिएको छ । यसको अध्यक्ष दीपक लामिछाने छन् ।

विज्ञापन

आँखा चिन्हको नयाँ दल दर्ता यस्तो बेलामा भएको छ जतिबेला जसपा फुटको संघारमा छ । एमसीसीलगायतका विषयमा जसपाका नेताहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच मतभेद छ । कुनैपनि बेला पार्टी विभाजन हुनसक्ने देखिदैछ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस