अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा , एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई धम्कीपुर्ण फोन गरेको विषयमा नेकपा मोओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले खरो प्रतिक्रिया दिएका छन् ।
अमेरिकी सहायक विदेशमन्त्रीको फोन विदेशी हस्तक्षेपको नांगो रुप भएको भन्दै गुरुङले सार्वभौम नेपाली जनतालाई यो स्विकार्य नभएको बताएका छन् । विदेशी हस्तक्षेपको डटेर सामना गर्नु पर्ने पनि उनले बताएका छन् । अमेरिका धम्कीकै तहमा उत्रिएको भन्दै उनले आपत्ती जनाएका छन् ।
विज्ञापन
गुरुङले अमेरिकी सहायक विदेशमन्त्रीको फोन अमेरिकी साम्राज्यवादको एउटा नमुना भएको बताएका छन् । सम्राज्यवादीहरुको चरित्रनै यस्तो हुने भन्दै उनले यस्ता कुरालाई जनस्तरबाट भण्डाफोर गरिनु पर्ने बताएका छन् ।
विज्ञापन
एमसीसी संशोधन पनि हुँदैन , समय पनि थपिँदैन, पास भएन भने चिनिँया हस्तक्षेपका कारण भएन भनेर बुझ्छौँ भनेर फोन गरेका छन् अब तपाईहरु के गर्नु हुन्छ ?भन्ने ओटीभी नेपालको प्रश्नमा माओवादी प्रमुख सचेतक गुरुङले हस्तक्षेप आफु गर्ने अनी चिनले गर्यो भनेर दोष दिने ? भन्दै आक्रोस व्यक्त गरेका छन् ।
चिनले होइन हस्तक्षेप अमेरिकाले गरेको छ भन्दै गुरुङले त्यसलाई सार्वभौम नेपाली जनताले अस्विकार गर्ने बताएका छन् । लुको फोन कुटनितिक मर्यादा विपरित भएको पनि उनले भनेका छन् । आफु पहिले देखीनै एमसीसी खारेजीको पक्षमा रहको भन्दै गुरुङले संशोधन हुँदैन भने खारेज हुन्छ भनेका छन् ।
नेपालले चाँही उसले भने अनुुसारको पटक पटक संशोधन गर्न मिल्ने अमेरिकाले चाँही नेपालले भने बमोजिम संशोधन गर्न नमिल्ने ? यस्तो पनि हुन्छ ? भन्दै गुरुङले जे जस्तो परिस्थिती आए पनि यथाअवस्थामा एमसीसी कुनै पनि हालतमा पास गर्न माओवादी केन्द्र तयार नहुने बताएका छन् ।
हिजो मात्रै अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरि एमसीसी पारित नभए राम्रो नहुने चेतावनी दिएका थिए ।
फेसबुक प्रतिक्रियाहरु