On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एक चिम्टी बेसारका यतिधेरै फाइदा, यसरी गर्नुहोस् प्रयोग
समाचार

एक चिम्टी बेसारका यतिधेरै फाइदा, यसरी गर्नुहोस् प्रयोग

हामी आफ्नो भान्साघरमा नियमित बेसारको प्रयोग गर्ने गर्छौँ। एक चिम्टी बेसारले समेत हाम्रो स्वास्थ्यमा अभूतपूर्व लाभ पुऱ्याउँछ। रगत सफा गर्ने, रुघा–खोकी निको गर्ने अनि क्यान्सरमा समेत मद्दत गर्नुका साथै योगको अभ्यासमा पनि सहयोग गर्न सक्छ।

१) शरीरको शुद्धिकरणको लागि : बेसारले तपाईंको रगतलाई सफा गर्दछ, साथै तपाईंका उर्जाहरूलाई निर्मल बनाउँछ । बेसारले तपाईंको शरीरमा मात्रै काम गर्ने नभई तपाईंको उर्जा प्रणालीलाई समेत प्रभावित गर्दछ । यसले शरीर, रगत र उर्जा प्रणालीलाई शुद्ध गर्दछ। शरीरलाई बाहिरबाट शुद्ध गर्नको लागि एक बाल्टी पानीमा एक चिम्टी बेसार हाल्नुहोस् र यो पानीले नुहाउनुहोस्- तपाईंले यो देख्नुहुनेछ कि तपाईंको शरीर जीवन्त र चम्किलो हुनेछ।

विज्ञापन

२) रुघा, खोकी र चिसोबाट बच्नको लागि : यदि तपाईंलाई चिसो सम्बन्धी रोगहरू छन् अनि हरेक बिहान नाक बन्द भइरहन्छ भने, तपाईंले नीम, कालो मरिच, मह र बेसारको सेवन गर्नुपर्छ। यसबाट निकै फाइदा हुन्छ। १०१२ वटा कालो मरिच पिस्नुहोस् अनि यसलाई दुई चम्चा महमा रातभरि (लगभग ८ देखि १२ घण्टा) भिजाएर राख्नुहोस्। बिहान उठेर खाली पेटमा मह खानुहोस् र कालो मरिच चपाउनुहोस् । महमा बेसार मिसाउँदा अझ राम्रो हुन्छ । यदि तपाईंले सबै डेरी पदार्थहरूको सेवन बन्द गर्नुभयो भने, कफको समस्या आफैँ ठिक हुनेछ ।

विज्ञापन

३) क्यान्सर प्रतिरोधक गुण हुन्छ : क्यान्सर आफैँमा कुनै रोग होइन। वास्तविकता के हो भने, तपाईंको शरीरले स्वयं तपाईं विरूद्ध काम गर्ने थालेको होस शरीरका केही कोषिकाहरूले तपाईं विरूद्ध काम गर्न थाल्छन्। त्यसैले, समय-समयमा शरीरलाई शुद्ध गर्नाले क्यान्सरबाट बच्न सकिन्छ। खाली पेटमा बेसारको सेवन गर्नाले शरीरको शुद्धिकरणमा निकै प्रभावशाली रूपमा काम गर्दछ। यदि क्यान्सर लागिसकेको छ भने, त्यसबेला यो प्रभावशाली नहुन सक्दछ। तर, अरू बेला हरेक बिहान सबैभन्दा पहिले खाली पेटमा बेसार र नीमको डल्लो (काफलको गेडा जत्रो) खानाले शरीरलाई एकदमै राम्रोसँग सफा गर्दछ, साथै तपाईंको शरीरमा हुने क्यान्सरका कोषिकाहरू हटाउँछ।

४) योग साधनामा लाभदायक : तपाईंले यस धर्तीबाट जे–जति चीजहरू लिनुहुन्छ- तपाईंको शरीर समेत- त्यसमा केही जडता हुन्छ । त्यसैले, यसप्रति सचेत हुन र जडताको स्तरलाई सकेसम्म कम गर्नु निकै महत्त्वपूर्ण हुन्छ। तपाईंको साधनाले काम गरिरहेको छ वा छैन भनेर हेर्नको लागि तपाईं कति सुत्नुहुन्छ र कति सजक रहनुहुन्छ भन्ने कुरामा ध्यान दिइरहेका हुन्छौँ- यी दुवै कुराबाट तपाईंले कति जडता उत्पन्न गरिरहनु भएको छ भनेर थाहा हुन्छ।

यदि तपाईंको शरीरले कोषिकाहरूमा एक निश्चित स्तरसम्म उर्जाहरूलाई प्रवेश गर्नबाट रोक्यो भने, शरीरमा जडता बढ्दछ । नीम र बेसारको मिश्रणले शरीरको कोषिकाहरूको संरचनालाई फैलाउँछ, जसकारण यसले सबै छिद्रहरूमा उर्जाहरूलाई प्रवेश गर्न दिन्छ । नीम र बेसारले यस काममा भौतिक रूपमा सहयोग गर्छन्, जबकि साधनाले यही काम सूक्ष्म रूपमा गर्दछ। साधना अतिरिक्त अरू पदार्थहरू वा उद्दिपकहरू- जस्तै कि एक कप कडा कफी वा निकोटिन- बाट पनि आफ्नो शरीरमा भरपूर उर्जा सृजना गर्न सकिन्छ। तर, यसले कोषिकाहरूको संरचनालाई फैलाउँदैन अनि तपाईंको प्रणालीमा कोषिकाहरूको स्तरमा उर्जालाई प्रवेश गर्न दिँदैन ।

जसकारण, तपाईंको प्रणालीमा उर्जाहरू जम्मा हुन पाउँदैन- उर्जाहरूलाई लामो समयसम्म शरीरमा सम्हालेर राख्ने र आवश्यक परेको बेलामा प्रयोगमा ल्याउने सम्भावना समेत रहँदैन। जब उर्जाहरू सङ्ग्रहित हुन पाउँदैनन् र तुरुन्तै खर्च भइहाल्छन्, त्यसबेला यो निकै हानिकारक हुन सक्दछ। यसले तपाईंको शरीरलाई मात्रै नभई, तपाईंको दिमाग, तपाईंका क्रियाकलाप र गतिविधिलाई असर पुऱ्याउँछ, अनि तपाईंको सेरोफेरोको संसारलाई समेत असर गर्दछ। जब हामी आफ्नो शरीरमा उर्जा उत्पन्न गर्छौँ, त्यसलाई यत्तिकै प्रस्फुटित हुन नदिएर उर्जाहरूलाई सञ्चय गर्नु अनि आवश्यक परेको बेला रोजाइ अनुसार खर्च गर्न सक्नु एकदमै महत्त्वपूर्ण छ ।

मनतातो पानीमा अलिकति मह मिसाएर नीम र बेसारको डल्लो सेवन गर्नाले कोषिकाहरूको संरचनालाई अद्‌भुत रूपमा शुद्ध गर्नुका साथै विस्तार समेत गर्दछ, जसकारण कोषिकाहरूले उर्जालाई राम्रोसँग जम्मा गर्न सक्षम हुन्छन् । जब तपाईं साधना गर्नुहुन्छ, कोषिकाहरूमा हुने यो विस्तारले तपाईंको मांसपेशीहरूमा लचिलोपन ल्याउँछ । यही लचिलोपनले बिस्तारै–बिस्तारै तपाईंको प्रणालीलाई एउटा शक्तिशाली सम्भावनाको रूपमा स्थापित गर्दछ । तपाईंले यो अनुभव गर्न सक्नुहुन्छ- जब तपाईं विभिन्न आसनहरू गर्नुहुन्छ, शरीरमा अलग्गै किसिमको उर्जा प्रस्फुटन हुन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस