बुधबार, कार्तिक १२, २०८२
  • होमपेज
  • चितवन विशेष
  • भूमि आयोग अध्यक्ष तिमिल्सिनाको सकृयाता बढ्यो, बाँदरझुलामा सुरु भयो फिल्डमै गएर जग्गा छुटाउने काम
चितवन विशेष

भूमि आयोग अध्यक्ष तिमिल्सिनाको सकृयाता बढ्यो, बाँदरझुलामा सुरु भयो फिल्डमै गएर जग्गा छुटाउने काम

चितवन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको सकृया बढेको छ । आयोगको अध्यक्ष भएको दुई साता नपुग्दै चितवनका विभिन्न स्थानमा रहेका सुकुम्बासीलाई लालपुर्जा दिने लक्ष्यसहित अध्यक्ष तिमिल्सिनाले सकृयता बढाउनु भएको हो ।

तिमिल्सिनाले आयोगले लालपुर्जा दिने कामका लागि कुनै पनि कसुर बाँकी नराख्ने बताउनुभयो । आयोगले वास्तविक सुकुम्बासीलाई जग्गा दिएर छाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बाँदरझुलामै बसेर केही दिनभित्र निस्सा दिने काम पुराा गर्ने उहाँको भनाई छ । उहाँले बाँदरझुलामा २ देखि ३ महिना लागेपनि सबै नापजाप गरेर मात्र अमिन फर्किने पनि ठोकुवा गर्नुभयो ।

विज्ञापन

 

विज्ञापन

बुधबार माडी नगरपालिका वडा नम्बर ९ बाँदरझुलामा फिल्डमा नापी नक्सा गर्न २ सुपरिवेक्षक र ४ अमिन खटिएका छन् ।

जग्गाको नापी हँदा मूख्य सडकलाई २० मिटर राख्ने, ठाडो बाटो ८ मिटर र माथिको बाटो १० मिटरमाथिको बनाउने गरी स्थानीयसँग छलफल भएको छ ।

आयोगका अध्यक्ष तिमिल्सिनासहितमाडी नगरपालिकाका मेयर ठाकुर ढकाल, उपप्रमुख ताराकाजी महतो, प्रमुख जिल्ला अधिकारी, अस्मान तमाङ, सशस्त्र प्रहरीका एसपी मनोज थापा, नापी कार्यालयका प्रमुख ग्रिसकुमार लाल कर्ण तथा जिल्लाका राजनैतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बाँदरझुलामा करिब ६ सय ५० घर धुरी रहेका छन् भने १ हजार बिघा जग्गा खनतजोत भएको छ । बाँदलझुलमा विस २०४८ सालदेखि देशका विभिन्न भूभागबाट आएकाहरु बसोबास गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस