शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मध्य भोटेकोशीकाे आईपीओ वा सेयर छ ? छ भने खुसीकाे खबर छ है
समाचार

मध्य भोटेकोशीकाे आईपीओ वा सेयर छ ? छ भने खुसीकाे खबर छ है

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनी ७७ लाख २ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ३ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

विज्ञापन

कम्पनीले हालसम्म विद्युत बिक्री गरेको छैन । समिक्षा अवधिसम्म आइपुग्दा कम्पनी २ करोड ७६ लाख २२ हजार रूपैयाँ सञ्चालन नोक्सानमा रहेको छ ।

विज्ञापन

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ४८ लाख १७ हजार रूपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । त्यस्तै, कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ ।

दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.२६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३२ पैसा पुगेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस