मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी सिध्याउन देशी, विदेशी प्रतिक्रियावादी लागि परेका छन् : प्रचण्ड
समाचार

माओवादी सिध्याउन देशी, विदेशी प्रतिक्रियावादी लागि परेका छन् : प्रचण्ड

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई सखाप पार्न ‘देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु’ लागेको आरोप लगाएका छन् ।

विज्ञापन

 

विज्ञापन

मंगलबार विप्लव नेतृत्व नेकपाको जिल्ला समितिलाई माओवादीमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरुले कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्,’ प्रचण्डको भनाइ छ, ‘हामी यति ठूलो परिवर्तनका बाहकहरु विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’

 

प्रचण्डले विस्तारै देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको बताए। ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं,’ उनको भनाइ छ, ‘हामीलाई कसैले परास्त गर्न सक्दैन।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस