बिहिबार, अशोज १, २०८२
  • होमपेज
  • समाचार
  • आफ्ना मन्त्रीहरुलाई माधव नेपालको निर्देशन : प्रेम आलेले जस्तै काम गर्नुस्
समाचार

आफ्ना मन्त्रीहरुलाई माधव नेपालको निर्देशन : प्रेम आलेले जस्तै काम गर्नुस्

काठमाडौं ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पर्यटन मन्त्री प्रेम आलेको कामको प्रशंसा गरेका छन्।

विज्ञापन

आफ्नो दलबाट सरकारमा सहभागी मन्त्री तथा प्रदेश प्रमुखलाई आलेले जस्तै काम गर्न सुझाएका छन्।

विज्ञापन

एकीकृत समाजवादीको भातृ संस्था अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालले भने,’ प्रेम आले जीले मन्त्रालयको काम गर्ने क्रममा जनताको भावना सम्बोधन गर्दै आउनुभएको छ।

निरन्तरता अन्तिम समयसम्म कायम रहोस्। अरु मन्त्रीले पनि त्यही हिसाबले काम गर्दै जानुस्।’

जनताको समस्या समाधान गर्ने कार्यमा लाग्न उनले मन्त्री तथा नेता कार्यकर्तालाई निर्देशन दिए।

आफ्नो दलले नेतृत्व गरेका दुई प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिँदै भने, ‘ प्रदेश १ र बागमतीले पनि उदाहरण देखाओस्।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस