आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • दुवै संसदीय समिति सभापतिमा एमाले विजयी
समाचार

दुवै संसदीय समिति सभापतिमा एमाले विजयी

मकवानपुर ।

सत्तारुढ दल निर्वाचन प्रक्रियामा सहभागी नभएपनि वाग्मती प्रदेशसभाअन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ ।

विज्ञापन

 

विज्ञापन

निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो । प्रदेश सभाअन्तर्गत् रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन भएको थियो ।

एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अगाडि बढाएको थियो । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन ।

अर्थ र शिक्षा समितिको वैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उनीहरू दुवैलाई विजयी घोषणा गरिएको थियो । उनीहरूको शपथ ग्रहण समेत भइसकेको छ । उनीहररूलाई सभामुख सानुकुमार श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।

 

वैशाखदेखि रिक्त रहेको अर्थसमितिमा २० जना सदस्यमध्येबाट सिलवाल सभापति चयन भएका हुन् । शिक्षा समितिका १९ जना सदस्यमध्येबाट पोखरेल सभापतिमा चयन भएका हुन् ।

अर्थ समितिका तत्कालीन सभापति सुरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा समितिका सभापति घनश्याम दाहाल वर्तमान सरकारमा सहभागी भएसँगै उक्त पद रिक्त छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस