शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेसमा विद्रोह, अध्यक्षले नै दिए राजीनामा
समाचार

कांग्रेसमा विद्रोह, अध्यक्षले नै दिए राजीनामा

काठमाडौं ।

महाधिवेशन गराउन खोज्दा पार्टीले नदिएको, जनजातिको बिदा कटौती तथा महाधिवेशन प्रतिनिधि छनोट गर्दा संस्थालाई विभेद गरिएको बताउँदै आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विज्ञापन

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन्। गुरुङले माघ ११ गते राजीनामा दिएका थिए।

विज्ञापन

उनले कांग्रेस क्रियाशील सदस्यताबाट पनि राजीनामा दिएका छन्। संघको पुरानो विधान संशोधन गरेर संघीय संरचनाअनुसार संस्थालाई परिवर्तन गर्न ०७४ फागुन २७ मा बुझाए पनि पार्टीबाट अहिलेसम्म पनि स्वीकृत नभएकाले महाधिवेशन गर्नसमेत नपाइएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

नेपाली कांग्रेसका भ्रातृसंगठन नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल किसान संघलगायत थुप्रैको महाधिवेशन हुन सकेको छैन । किसान संघ त १५ वर्षदेखि तदर्थ समितिबाट चलिरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस