काठमाडौं ।
राष्ट्रियसभा उपचुनावमा नेकपा एसका उम्मेदवारले जितेकोमा हौसिँदै पार्टी अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लागेको टिप्पणी गरेका छन् ।
विज्ञापन
राष्ट्रियसभा चुनावमा गठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जितेको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर हुँदै जाने दाबी गरेका हुन् ।
विज्ञापन
आफूहरुको मुख्य चुनौती एमाले नामको केपी गुट भएको भन्दै उनले त्यसविरुद्ध सशक्तरुपमा उत्रन आग्रह गरेका छन् ।
नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय चुनावमा एमालेले पैसाको खोलो बगाएको समेत आरोप लगाए ।
‘एमालेले जति पैसा खन्याए पनि जित हाम्रै भयो, आगामी दिनमा पनि त्यस प्रवृत्तिविरुद्ध लड्न जरुरी छ’, उनले भने ।
कम्युनिस्ट पार्टीभित्र आएको असहज परिस्थितिले कर्मचारी संगठन पनि प्रभावित भएको उनले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने– केही नेताहरुले कर्मचारीलाई ढाल मात्रै बनाउन खोजेका कारण समस्या भयो, अब संगठन पुनर्गठन गरेर अघि बढ्नुको विकल्प छैन ।
कर्मचारीलाई कुनै पनि धम्कीसँग नडराइ संगठनलाई अघि बढाउन पनि उनले आग्रह गरे ।
फेसबुक प्रतिक्रियाहरु