On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • असन्तुष्ट ‘पूर्वमाओवादी’ नेतालाई ओलीले भने – जाने भए जानुस्, बस्ने भए मिडियाबाजी नगर्नुस्
समाचार

असन्तुष्ट ‘पूर्वमाओवादी’ नेतालाई ओलीले भने – जाने भए जानुस्, बस्ने भए मिडियाबाजी नगर्नुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा रहेका पूर्व माओवादी नेताहरूलाई अनावश्यक मिडियाबाजी नगर्न चेतावनी दिएका छन् ।

शुक्रवार आफूनिकट नेता कार्यकर्तालाई आन्दोलन गर्न निर्देशन दिने क्रममा पूर्वमाओवादी नेता लक्षित यस्तो अभिव्यक्ति दिएका हुन् ।

विज्ञापन

‘हामीले एमालेलाई नेकपाकै निरन्तरताका रूपमा सोचेका छौं,’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘माओवादीबाट आउनुभएका नेताहरूको उचित व्यवस्थापन भएको छ । सामान्य असन्तुष्टिलाई लिएर राजीनामा नै दिन्छौं भन्दै मिडियाबाजी नगरेको भए राम्रो हुन्थ्यो । उहाँहरूले पार्टी छोड्ने भए छोडे हुन्छ तर हामीविरुद्ध भएको घेराबन्दीलाई साथ दिने गरी अभिव्यक्ति दिनु राम्रो होइन ।’

विज्ञापन

उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा रहेका पूर्व माओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्व माओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओली समक्ष असन्तुष्टि समेत जाहेर गरिसकेका छन् ।

अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्व माओवादी नेता पदबाट सामुहिक राजीनामा दिने मनस्थितिमा पुगेका हुन् । यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन् । एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामुहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ ।

‘पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन । दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं । पदीय मर्यादाक्रम समेत मिलेको छैन । हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ । पूर्व माओवादीबाट एमालेमा आएका हामीलाई शोपिसका रूपमा मात्रै राखिएको छ । यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो,’ असन्तुष्टमध्येका एक पदाधिकारीले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस